स्वरूप परिवर्तन गरेका ३३ मोटरसाइकल नियन्त्रणमा

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले स्वरूप परिवर्तन गरी ठूलो आवाज बनाएर चलाएका ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

प्रवक्ता सूर्यबहादुर थापाका अनुसार भरतपुर र सौराहालगायत क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

रोयल इन्फिल्ड २१ वटा, क्रसफायर छ वटा, एनएस २०० सिसी दुई वटा, भिआर, एभेन्जर १५० सिसी, यामाहा एफजेड र बेनेली एक÷एक वटा गरी ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए ।

मोटरसाइकल चालकलाई कम्पनीले बनाएर पठाएकै स्वरूपमा राख्न लगाई चालकलाई ट्राफिक नियमानुसार कारबाही गरिने उनको भनाइ छ ।

 

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया