ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एकजना साक्षर हुन रु.चार सय सात खर्च

by चितवन पोष्ट
२०७१ श्रावण ५, सोमबार ०३:५९ गते
in शिक्षा, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–बसन्त पराजुली
भरतपुर । साक्षर चितवन घोषणा गर्ने तयारी गरिरहेको चितवनमा एकजना निरक्षरलाई साक्षर बनाउन सरकारले ४०७ रुपैयाँ खर्च गरेको छ । चितवनमा विगत दुई वर्षमा साक्षरताका लागि भएको खर्च र साक्षरताको अवस्थालाई हेर्दा यो तथ्य देखिएको हो ।
चितवनमा यो अभियान ०६९÷०७० बाट सघन रुपमा सुरू भएको हो । २०६९ पुस १० गते बसेको जिल्ला शिक्षा समितिको बैठकले जिल्लालाई पूर्ण साक्षर बनाउने गरी साक्षर चितवन अभियान सञ्चालन गरेको थियो । साक्षर नेपाल अभियानअन्तर्गत साक्षर चितवन सञ्चालनमा ल्याएको हो ।
विगत दुई वर्षयता चितवनमा ७३ हजार २५० जनालाई साक्षर बनाइएको जिल्ला शिक्षा कार्यालय चितवनको तथ्याङ्क छ । जसका लागि अभियानअन्तर्गत दुई करोड ९८ लाख रुपैयाँ खर्च गरिएको छ ।
९५ प्रतिशत साक्षर भएको स्थान वा ठाउँलाई साक्षरताका हिसाबले पूर्ण साक्षर क्षेत्र घोषणा गर्न सकिने व्यवस्था छ । साक्षरता अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालय चितवनले गएको आर्थिक वर्षमा एक हजार सात सय ७३ कक्षा सञ्चालन गरेको थियो । जसबाट ४३ हजार ७०० जनालाई साक्षर बनाएको थियो ।
यो वर्ष दुई करोड ३२ लाख रुपैयाँ खर्च भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष ०६९÷७० मा भने चितवनमा सञ्चालित कार्यक्रमबाट २९ हजार ५५० साक्षर भएका थिए । जसका लागि ६६ लाख १५ हजार रुपैयाँ खर्च भएको जिल्ला शिक्षा कार्यालय चितवनको तथ्याङ्क छ ।
यसरी खर्च गरिएको रकम शिक्षिकाको तलब, भत्ता, कार्यालयको मसलन्द तथा अनुगमन भत्ता र सहभागीका लागि कापी किताबमा खर्च गरिएको देखिन्छ । जिल्ला शिक्षा कार्यालय चितवनमा साक्षरता अभियान हेर्ने विद्यालय निरीक्षक बाबुराम दवाडी चितवनमा निरक्षरहरुलाई साक्षर बनाउन कार्यालय सफल भएको दावी गर्नुहुन्छ ।
‘हामीले जे जति रकम खर्च गरेर भए पनि निरक्षरलाई साक्षर बनाउन सकेका छांै’, उहाँले भन्नुभयो, ‘चितवनमा साक्षरता अभियान सफल भएको छ ।’
शिक्षा दिवसमा साक्षरता जिल्ला घोषणा
यस वर्ष परेको शिक्षा दिवसका अवसरमा चितवनलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । जिल्ला शिक्षा समितिले जिल्लालाई पूर्णसाक्षर बनाउन लागेको हो ।
यस वर्षको शिक्षा तथा साक्षरता दिवस भदौ २३ मा परेको छ । साक्षर अभियानअन्तर्गत चितवनलाई साक्षर घोषणा गराउन विगत दुई वर्षदेखि साक्षर चितवन अभियान सञ्चालनमा रहेको छ ।
सन् २०१५ सम्ममा सबैलाई साक्षर बनाउने अभियानअन्तर्गत चितवनमा २०६४÷६५ बाट राष्ट्रिय साक्षरता कार्यक्रम सुरू भएको हो । चितवनमा भरतपुर नगरपालिका र ६ वटा गाविस साक्षर घोषणा हुन बाँकी छन् । अन्य तीन नगरपालिका र २५ गाविस भने यसअघि नै साक्षर घोषणा भइसकेका छन् ।
जिल्लामा चार नगरपालिका र ३१ गाउँ विकास समिति रहेका छन् ।

Related Posts

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

Discussion about this post

अन‌ि यो पनि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण
समाज

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट सुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In