ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

घिउकुमारी बोकेर किसानहरु प्रशासनमा

by चितवन पोष्ट
२०७१ श्रावण ५, सोमबार ०३:५५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । घिउकुमारी (एलोभेरा) खेती गरेका किसानहरुले आफूहरु मर्कामा परेको भन्दै आइतबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरे । भरतपुरमा रहेको पाम एग्रोटेक नामको निजी कम्पनीले देशभरबाट एलोभेराको पात र बिरुवा खरिद गर्ने सहमति गरेको थियो । कम्पनीले सहमतिअनुरुप काम नगरेको भनेर देशभरका किसान चितवनमा भेला भएका छन् ।
धेरै आम्दानी हुने आशामा किसानहरु यो नौलो खेतीप्रति अकार्षित भएका थिए । कम्पनीले किसानहरुसँग लिखित सहमति नै गरेका कारण उनीहरु ढुक्क पनि भएका थिए । तर सहमति पूरा नभएपछि भरतपुरमा भेला हुन आएका किसानहरुको उजुरीका आधारमा प्रहरीले कम्पनीका अध्यक्षलाई पक्राउ गरेको छ ।
नेपालमा अमेरिका, ल्याटिन अमेरिका, अष्ट्रेलिया, चीन, मलेशिया, रुस, जापान र भारतबाट बर्सेनि अर्बाैंको एलोभेराको जुस आउने गरेको पाम एग्रोटेकले निकालेको विवरणमा उल्लेख छ । आर्युवेदिक औषधि कम्पनी, अन्य औषधि कम्पनी, सौन्दर्य प्रशाधन उद्योग, खाद्य उद्योग र व्यक्तिगत तवरमा जुस खानेहरुका कारण एलोभेरा बिक्री गर्न कुनै गाह्रो नहुने कम्पनीको भनाइ थियो । नेपालमा मात्रै नभएर विदेश निर्यात गर्ने योजनासमेत किसानहरुलाई सुनाइएको थियो ।
बिरुवा लगाएको १३ महिनापछि पहिलो पटक पात निकालेर बेच्न सकिने कम्पनीको भनाइ थियो । एलोभेराको १५ हजार बिरुवा लगाएमा पहिलो वर्ष पात र बिरुवा बेचेर १७ लाख ७५ हजार रुपैयाँ आम्दानी लिन सकिने किसानहरुलाई सिकाइएको थियो । यसका लागि वर्ष सवा नौ लाख र दोस्रो वर्षदेखि पौने तीन लाख रुपैयाँ खर्च गर्नुपर्ने हिसाब देखाइएको थियो ।
न्यूनतम सिंचाइ खर्च हुने तथा निःशुल्क ढुवानी र प्राविधिक खर्चको आश्वासन पाएपछि एकपछि अर्को किसान एलोभेरा रोप्न तम्सिए । ‘पाम एग्रोटेकले देशका ५५ जिल्लाका ३१९ किसानलाई ५२ लाख बिरुवा बाँडेको बुझिएको छ । नयाँ खेती गरेर धेरै कमाउने सम्भावना देखाएर यसमा आकर्षित गराइयो । तर सबै कुरा झुठा रहेछन् भन्ने अहिले आएर पुष्टि भयो’, भण्डाराका किसान मित्रलाल पाण्डेले भने ।
दोलखाको नाम्दु गाविस वडा नं. ३ का भीम गिरी कोरियाबाट छुट्टीमा घर आएका थिए । फर्कने योजनामा रहेका गिरीले एलोभेरा खेतीका बारेमा सुने । वर्षमा लाखौंको आम्दानी हुने कुरा थाहा पाएपछि गिरीले कोरिया जाने योजाना छाडेर साथी रामचन्द्र कार्कीसँग मिलेर ३० मुरी धान फल्ने १४ रोपनी खेतमा एलोभेराका १० हजार बिरुवा रोपे । पात र बिरुवा किन्छु भनेको पाम एग्रोटेकले किन्यो पनि तर भुक्तानी दिँदै दिएन ।
‘एक लाख ७२ हजार रुपैयाँको एलोभेराको पात र ४५ हजार रुपैयाँको बिरुवा लगेको थियो । तर पैसा तिरेन । भुक्तानी ल्याऊ भनेर छ महिनादेखि धाउँदा पनि एक पैसो हात परेन’, गिरीका साथी रामचन्द्र कार्कीले भने । पहिलो पटक नै भुक्तानी दिन आलटाल गरेपछि पाम एग्रोटेकले अरु बिरुवा र पात नकिनेको यनले बताए । एक पटक लगाएपछि छ वर्षसम्म मज्जाले आम्दानी लिन सकिन्छ भनेर पाएको आश्वासन सम्झदा उनी रुनमात्रै सक्दैनन् ।
चितवन रत्ननगरका शेरबहादुर कार्की भारतीय सेनाको जागिरबाट अवकाश पाएर घर आएका थिए । लाखौं कमाइ हुने नौलो खेतीमा उनी पनि लोभिए । उनले आठ कठ्ठा खेतमा छ हजार बिरुवा लगाए । पहिलो वर्षमा दुई लाख रुपैयाँ कमाउन सकिने आशा उनलाई देखाइएको थियो । तर एलोभेराको पात सुकेर गयो बिरुवा हुर्केर छिप्पिए । सम्झौता गर्ने कम्पनी पाम एग्रोटेकका अधिकारीहरु सम्पर्कमै आएनन् ।
कम्पनीले सम्झौताअनुरुप पात र बिरुवा नकिनेपछि घिउकुमारीको खेतीमा लागेका नेपालभरका किसानहरु भरतपुरमा जम्मा भएका छन् । जिल्ला प्रशासन र प्रहरी कार्यालयमा किसानहरुले धर्ना दिन थालेपछि पाम एग्रोटेकका अध्यक्ष रुद्रप्रसाद गिरीलाई शुक्रबार चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । गिरी प्रहरीको नियन्त्रणमा आएपछि किसानहरुले आफ्नो लगानी फिर्ता दिन माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन पनि गरे ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले किसानहरुको पैसा डुब्न नदिने भरमग्दुर प्रयास गर्ने बचन दिएका छन् । ‘प्रमुख जिल्ला अधिकारीसँग भेट्यौं । सम्बन्धित मान्छे प्रहरीको नियन्त्रणमा आइसकेकाले कानुनअनुसार नै न्याय दिलाउने बचन दिनुभएको छ’, एलोभेरा खेतीमा लागेका किसान मित्रलाल पाण्डेले भने ।
प्रहरी नियन्त्रणमा रहेका पाम एग्रोटेकका अध्यक्ष रुद्रप्रसाद गिरीले भदौ,असोजबाट बिरुवा र पात उठाउने बताएका छन् । यसअघि बिरुवा र पात समयमा उठाउन नसकेको स्वीकार गर्दै गिरीले अबदेखि भने समयमै बिरुवा र पात किन्ने र भुक्तानी पनि दिने बताए पनि किसानहरुले विश्वास गर्न सकेका छैनन् ।
एलोभेराका उत्पादनहरुको देशभित्र खासै खपत हुँदैन । अध्यक्ष गिरीले विदेश निर्यात गर्ने बताउँदै आएका थिए । तर नेपाल सरकारले एलोभेराको उत्पादनको निकासी गर्ने नीति नै अहिलेसम्म बनाएको छैन । जसका कारण गिरीले भनेजस्तो विदेश पठाउन पनि सम्भव भएन ।  देशमा खपत पनि नहुने र विदेश निकासी पनि सम्भव नभएपछि कम्पनी संकटमा परेको कारखाना स्रोतको भनाइ छ ।

Related Posts

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

घूस लिएको आरोपमा चितवनका तीन प्रहरी पक्राउ

Discussion about this post

अन‌ि यो पनि

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’
अर्थ

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

भरतपुर । भरतपुरका तीन जना युवाहरु मिलेर ब्लु ल्याडर बिल्डर्स एण्ड सप्लायर्स प्रालि स्थापना गरेका छन् । व्यावसाीिक तथा आवासीय...

Read more
३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In