ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उदाहरणीय बन्दै सैनिक आवासीय महाविद्यालय

by चितवन पोष्ट
२०७१ श्रावण ५, सोमबार ०३:४५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चैनपुर । हुने बिरूवाको चिल्लो पात भनेझैँ चितवनको चैनपुरमा सञ्चालनमा रहेको सैनिक आवासीय महाविद्यालय स्थापनाको छोटो अवधिमै उदाहरणीय बन्दै गएको छ ।
विद्यालयले छात्रछात्रालाई व्यावहारिक र विषयवस्तुबारे पूर्णरुपमा जानकारी गराउन विद्यालयका पाठ्यक्रममा सामाविष्ट लेखक र रचनाका सम्बन्धित स्रष्टाबाट नै ज्ञान हासिल गर्ने कार्यको थालनीसमेत गरिसकेको छ । विद्यालयले युग सुहाउँदो शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विज्ञान, भाषा, सामाजिक अध्ययन र कम्प्युटरको प्रयोगशाला स्थापना गरी विद्यार्थीलाई अभ्यास सिकाइमा जोड दिएको छ ।
विद्यार्थीले आधुनिक शिक्षा समयसापेक्ष प्रविधिका माध्यमबाट सजिलोसँग बुझ्न सकून् भनेर पावर प्वाइन्टका माध्यमबाट पठाइ सञ्चालन गर्दै आएको छ । पढाइसँगसँगै विद्यार्थीलाई शब्द भण्डार बढाउन लगाउनुका साथै मुलुकका विशिष्ट व्यक्तिबाट विभिन्न समय र कालखण्डमा अभिव्यक्त भएका महानवाणी तथा स्लोगनलाई कण्ठ गराउने कार्यलाई विद्यालयले प्राथमिकतामा राखेको छ ।
अनुशासन र व्यावहारिक शिक्षाको अतिरिक्त शारीरिक व्यायाम तथा राष्ट्र र राष्ट्रियताबारे समेत विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै ज्ञान लिने परिपाटीको उक्त विद्यालयले विकास गरेको छ ।
आगामी पाँच वर्षभित्र चितवन जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको नमुनाका रुपमा आफूलाई उभ्याउने सोचका साथ विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापनलाई चुस्त बनाएर लैजान लक्ष्य निर्धारण गरिएको प्रधानाध्यापक बिमलकुमार क्षेत्रीले बताउनुभयो ।
छात्रहरुका लागि मात्र हाल आवासीय सेवा दिँदै आएको उक्त विद्यालयले निकट भविष्यमै छात्राका लागि पनि आवासीय गरिनुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्ने सोचमा रहेको प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनुभयो । नेपाली सेनाको कल्याणकारी कोष मातहत सञ्चालनमा रहेको उक्त विद्यालय २०६९ सालमा स्थापना भएको हो ।
नेपाली सेनाका बहालवाला, वीरगति प्राप्त र अवकाश प्राप्त तथा गैरसैनिक नागरिकका छोराछोरीलाई गुणस्तरीय र सुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त विद्यालयमा हाल कक्षा ६, ७ र ८ मा गरी ३५६ जना छात्रछात्रा अध्ययनरत छन् । सो विद्यालयमा हाल द्वन्द्वपीडितका दुईजना सन्ततिले आश्रय लिइरहेको बताइएको छ ।
पठनपाठनलाई गुणस्तरीय तुल्याउन र विद्यार्थी शैक्षिक आत्मबल बढाउन रचनात्मक ढङ्गबाट सिकाइ पद्धति दिलाउने उद्देश्यले विद्यार्थीलाई विद्यालयले नेपाली र अङ्ग्रेजी हस्तलेखन, वादविवाद, निबन्ध लेखन, कविता, हाजिरीजवाफ, हिज्जे, भित्तेलेखन र पावर प्वाइन्ट प्रतियोगिता गराउँदै आएको छ ।
विद्यालयले यसै वर्षदेखि फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, तेक्वान्दो लगायतका जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउने तयारी गरेको छ ।
लोक नृत्य, सामूहिक नृत्य, गायन र चित्रकला प्रतियोगितालाई विद्यालयले नियमिता दिँदै आएको छ । राष्ट्रिय बाल दिवस २०७० को उपलक्ष्यमा भरतपुरमा आयोजना भएको बृहद् बालगीत प्रतियोगितामा त्यस विद्यालयका छात्रछात्राले दोस्रो स्थानसमेत हासिल गर्न सफल भएका थिए । त्यस्तै चित्रकला प्रतियोगितामा समेत विद्यालयका दुईजना छात्रछात्राले तृतीय स्थान जितेका थिए ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नवीनतम् प्रविधिको प्रयोग गरी विद्यार्थीलाई ज्ञान दिलाउने तथा नयाँ जानकारी दिलाउन शब्द भण्डार र इतिहासमा आज भन्ने स्थायी स्तम्भबारे जानकारी गराइँदै आएको विद्यालयका शिक्षक सुरजचन्द्र गौतमले जानकारी दिनुभयो ।
त्यस विद्यालयबाट उत्पादित जनशक्ति समाजका सबै क्षेत्रमा सजिलैसँग बिक्न सकून् भन्ने ढङ्गबाट त्यहीअनुरुपको पाठ्यक्रम र व्यावहारिक ज्ञान दिने विषयमा व्यवस्थापन सचेत रहेको नेपाली सेनाबाट त्यहाँ खटिनुभएका सम्पर्क अधिकृत सन्दीपसिंह नेगीले बताउनुभयो । आउँदो १० वर्षभित्र मध्यमाञ्चल विकास क्षेत्र तथा १५ वर्षसम्ममा मुलुककै अग्रणी पाँच शैक्षिक संस्थामध्ये एक हुने लक्ष्य विद्यालयले निर्धारण गरेको छ । रासस

Related Posts

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

Chitwan Post

करेन्ट लागेर दम्पत्तीको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In