रत्ननगर । समाजका अगुवाहरुको रत्ननगरमा सम्पन्न बृहत् भेलाले राष्ट्रिय सचेत स्वतन्त्र नागरिक समाज चितवन गठन गरेको छ ।
नागरिकको अधिकारको क्षेत्रमा काम गर्न गठित समितिको संयोजकमा नारायणप्रसाद सुवेदी, उपसंयोजकमा योगराज सुवेदी, सचिवमा शिवप्रसाद चालिसे र कोषाध्यक्षमा टीकाराम लामिछाने रहनुभएको छ । ११ सदस्यीय समितिको सदस्यहरुमा रुद्रबहादुर गुरुङ, कपिल घिमिरे, उत्तम घिमिरे, मोतीप्रसाद भुषाल, सोहरा चौधरी, सुनबहादुर चेपाङ र गीता सुवेदी रहनुभएको छ ।
समाजको जिल्ला कार्यसमिति गठन गरिएको भएपनि हरेक जिल्लामा शाखा बिस्तार गरी नागरिक अधिकारको क्षेत्रमा काम गर्ने नयाँ संस्थाको रुपमा विकास गर्ने योजना रहेको संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले नागरिकको अधिकारका लागि पार्टी तथा संघसंस्थासँग सम्वाद गरी निचोडमा पुग्ने काम समाजले गर्ने बताउनुभयो ।
Discussion about this post