ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्यान्सर अस्पतालमा उपकरणको अभाव

by चितवन पोष्ट
२०७१ श्रावण ४, आईतवार ०४:१८ गते
in प्रविधि, समाचार, समाज, स्वास्थ्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । देशकै मुख्य क्यान्सर अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उचित उपकरणहरुको अभाव छ । केही अत्यावश्यक उपकरणहरु अस्पतालमा छदै छैनन् भने भएका उपकरणहरु पनि धेरै पुराना भएका छन् ।
अस्पतालमा उपचारका लागि आउनेमा स्तन क्यान्सरका बिरामीको संख्या उच्च छ । स्तन क्यान्सर भए नभएको पत्ता लाउन मेमोग्राफी परीक्षण हुने गर्छ । अस्पतालमा मेमोग्राफी मेशिन नै छैन । सुरूमा मेमोग्राफी मेशिन थियो । तर आठ वर्षअघि बिग्रेपछि अहिलेसम्म आएको छैन ।
‘सञ्चालक समितिका बैठकहरुमा पटकपटक कुरा उठाएको हो । तर चासो दिइएन’, अस्पतालका चिकित्सक तथा सञ्चालक समितिका पूर्व सदस्य डा।अनिलविक्रम कार्कीले भन्नुभयो । झण्डै एक करोड रुपैयाँ पर्ने सो मेशिन नहुँदा बिरामीहरु बाहिर गएर परीक्षण गराउन बाध्य छन् ।
अस्पतालका चिकितस्कहरु कम्तीमा पनि चारवटा मेमोग्राफी आवश्यक देख्छन् । तर एउटा किन्न पनि अस्पताल प्रशासनले आलटाल गर्दै आएको छ । अस्पतालमा आधारभूत उपकरणहरु नभएको योमात्रै होइन, अरु पनि धेरै नै छन् ।
अस्पतालको सीटी स्क्यान मेशिन पनि निकै पुरानो भएकोले नयाँ किन्न चिकित्सकहरुको माग रहेको छ । अस्पतालमा रहेको सीटी स्क्यान मेशिसन १५ वर्ष पुरानो हो । अहिले विश्वमा १२८ स्लाइसको सीटी स्क्यान मेशिन प्रयोगमा आइसकेको छ । तर भरतपुर अस्पतालको सिङ्गल स्लाइस हो ।
‘धेरै ठाउँमा ६४ स्लाइसको चलाउने गर्छन् । हाम्रोमा कम्तीमा पनि त्यत्तिको ल्याउनु पर्ने हो । तर पुरानैले काम चलाउने गरिएको छ’, डा।कार्कीले भन्नुभयो । अस्पतालमा भएको रेडियोथेरापी गर्ने मेशिन पनि निकै पुरानो भएकाले फेर्नुपर्ने अवस्थामा पुगेको छ । यसतर्फ खासै चासो दिइएको छैन ।
प्रधानमन्त्री सुशील कोइराला क्यान्सर भएका कारण अमेरिकामा रेडियोथेरापी लिइरहनुभएको छ । उहाँ लगातार रेडियो थेरापी गराइ रहनुभएको छ । सात दिनमा सकिएको प्रधानमन्त्री कोइरालाको रेडियोथेरापी चितवनमा गराएको भए कम्तीमा ३५ दिन लाग्ने चिकित्सकहरु बताउँछन् ।
त्यस्तै क्यान्सर भए नभएको बारेमा सुक्ष्म अनुसन्धान गर्न पेट स्क्यान मेशिन पनि अत्यावश्यक भएको चिकित्सकहरु बताउँछन् । नेपालमा त्यस्तो उपकरण नभएका कारण गत वर्ष राष्ट्रपति डा।रामवरण यादव जापान जानु परेको थियो ।
केही उपकरणहरु अत्यन्तै महँगा पनि छन्  । अस्पतालको स्रोतले त्यस्ता उपकरणहरु किन्न सक्ने अवस्था पनि छैन । सरकारी बजेट केही वर्षदेखि क्रमशः घट्दै आउन थालेको छ । त्यसैले आवश्यक उपकरणहरु खरिदमा समस्या हुने गरेको छ ।
‘अस्पतालले निश्चित बजेट यन्त्र उपकरण खरिदका लागि पनि पाउनु पर्छ । सञ्चालन खर्च र खरिद खर्चको व्यवस्था भए आवश्यक उपकरणहरु खरिद गर्न सहज हुने थियो’, अस्पतालका उपकार्यकारी निर्देशक डा।विजयराज न्यौपानेले भन्नुभयो ।

Related Posts

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

Discussion about this post

अन‌ि यो पनि

बालसमयका विविध अनुभूति (ती दिनहरु)
साहित्य

बालसमयका विविध अनुभूति (ती दिनहरु)

हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो ।...

Read more
मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In