भरतपुर । चितवनमा पहिलो पटक आयोजना गरिएको मिस नर्स चितवन २०१४ को उपाधि ममता पाण्डेले जित्न सपल भएकी छिन् ।
शनिबार सम्पन्न अन्तिम चरणको फाइनलमा पाण्डेले चौध प्रतिस्पर्धीलाई पछाडि पारेकी छिन् । प्रतियोगिताको फष्ट रनर अप अन्जुला सुनार र सेकेण्ड रनर अपमा रचना पुरी रहेकी छिन् । जितसँगै पाण्डेले स्कुटर र गिफ्टह्याम्पर हात परेकी छिन् ।
त्यस्तै फष्ट रनर अप सुनारले २५ हजार नगद र सेकेण्ड रनर अप पुरीले १५ हजार नगद जितेकी छिन् ।
एक सय सातजनाले फारम भरेकोमा ४० जना प्रतिस्पर्धीहरु अडिसन राउण्डमा सहभागी थिए । पहिलो अडिसनबाट १५ जना फाइनल राउण्डमा प्रवेश गरेका थिए ।
चितवन तथा चितवनमा अन्य जिल्लावाट आई नसिङर्् पेशामा आवद्ध तथा पढ्दै गरेका नर्सहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नायक श्रीकृष्ण श्रेष्ठ तथा नायिका श्वेता खड्का र गरिमा पन्तलगायतका कलाकारहरुको उपस्थिति थियो । मिस नर्स चितवन २०७० फागुन १२ गतेबाट शुरु भएको हो । –सीताकुमारी शर्मा (प्रशिक्षार्थी)
Discussion about this post