भरतपुर । अत्री गोत्रिया मिश्रहरुको भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
भेलामा चितवन, नवलपरासी, तनहुँ र मकवानपुरबाट समेत सहभागीहरु उपस्थित भएका थिए ।
भेलाले सुदीप मिश्रको संयोजकत्वमा ९ सदस्यीय तदर्थ जिल्ला समिति समेत गठन गरेको कुरा समितिका सदस्य सचिव विनोद मिश्रले जानकारी दिनु भयो समितिको उपसंयोजकमा रामचन्द्र मिश्र, कोषध्यक्षमा उत्तम मिश्र, सदस्यहरुमा ध्रुबराज मिश्र, सरस्वती मिश्र, नवराज मिश्र, हरिदत्त मिश्र, रामनाथ मिश्र, खेमराज मिश्र र सदस्य सचिव विनोद मिश्र रहनु भएको आयोजकले जनाएको छ ।
Discussion about this post