रत्ननगर । नेपाली काँग्रेस नगर समिति रत्ननगरले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । बीपी कोइरालाको १००औं जन्म दिवसको अवसरमा रत्ननगरको सौराहाचोकमा आयोजना गरेको कार्यक्रममा चार महिलासहित ३८ जनाले रक्तदान गरेका हुन् ।
जन्मदिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम गरिएको नगर सभापति रुपनराज घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम पूर्व सांसद एकनाथ रानाभाटको प्रमुख आतिथ्यता, सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेलको विशिष्ठ आतिथ्यता एवम् रत्ननगर १ का वडा सभापति हरिलाल सुवेदीको अध्यक्षतामा रक्तदान भएको थियो ।
Discussion about this post