रत्ननगर । धर्म परिवर्तनमा पछिल्लो समय देखिएको चलखेलप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रत्ननगर–२ मा रहेको महारुद्र शिवालय मन्दिर संरक्षण समितिको शनिबार भएको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनमा बोल्ने सरोकारवालाहरुले धर्म परिवर्तनका लागि केही त¤वले लोभलालच देखाउने गरेको भन्दै सचेत रहनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै समाजसेवी तथा मन्दिरका संरक्षक हरिशरण पाठकले लोभलालचमा नफसी आफ्नो धर्मप्रति अडिग रहनुपर्ने बताउनुभयो । पश्चिमेली शैलीको नक्कल गर्नेक्रम बढ्दै गएको भन्दै उहाँले धर्म संस्कृतिको रक्षाका लागि युवावर्ग सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
हिन्दु जागरण केन्द्र चितवनका अध्यक्ष परमेश्वर भट्टराईले धर्म संस्कृती संरक्षणका लागि युवाहरुलाई उत्प्रेरणा जगाउनुपर्ने बताउनुभयो । पछिल्लो समय धर्मप्रति आक्रमण भइरहेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यसको संरक्षणका लागि युवा नै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समितिका सचिव हरिविलाश खनालले वार्षिक प्रगति प्रतिवेदन तथा सहसचिव बद्री घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
रत्ननगर नगरपालिकाका निमित्त प्रमुख सीताराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्दिर समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर क्षेत्री, समितिका उपाध्यक्ष रामानन्दप्रसाद कलवारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष मथुरामान श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Discussion about this post