भरतपुर । टोल विकास संस्थाको विकासका लागि सुशासन मह¤वपूर्ण हुनेमा टोलवासीहरुले जोड दिएका छन् । सुशासन परियोजना लागू भएका भरतपुर नगरपालिकाका पाँचवटा टोल विकास संस्थालाई दिइएको दुई दिने सुशासन तालिमको समापनमा बोल्दै भरतपुरभित्रका टोलवासीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले टोल संस्थाको विकास गर्न जनमुखी शासन पद्धतिअनुसार टोल संस्थालाई विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांश टोलवासीहरुले पारदर्शी र सहभागितामूलक तबरबाट उत्तरदायी शासन प्रणाली अहिलेको आवश्यकता भएको बताएका थिए ।
स्थानीयस्तरमा सुशासन कायम गर्न भरतपुर नगरपालिकाको सहयोग सुशासन परियोजनाले नगरको दिपेन्द्र, कालिका, नौरड्डे, सिदार्थ र कमलादेवी गरी पाँचवटा टोलमा सुशासन परियोजना लागू गरेको सुशासन परियोजना लमुन्ती भरतपुरका प्रमुख सन्तोष पाण्डेले बताए ।
सुशासन परियोजना लमुन्ती भरतपुरले आयोजना गरेको सो तालिममा जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत प्रकाशचन्द्र पौडेलले प्रशिक्षण दिएका थिए । लमुन्ती भरतपुरका प्रमुख सन्तोष पाण्डेको अध्यक्षतामा सम्पन्न तालिममा प्राटिकल एक्सनका मनोज कुमार झालगायतले बोलेका थिए ।
Discussion about this post