भरतपुर । रामेश्वर पुस्तकालय तथा वाचनालयको महिला सशक्तीकरण उपसमिति भरतपुर–२, क्षेत्रपुर र हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना एवं विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक एवं पाठेघरको मुखको परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम रामेश्वर पुस्तकालय महिला सशक्तीकरण उपसमितिकी संयोजक शशी श्रेष्ठको अध्यक्षता तथा पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाको प्रमुख आतिथ्यता एवं नेफ्स्कुन सञ्चालक विद्या कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिमाली ब्राह्मी महिला साकोसका अध्यक्ष भवानी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा १०५ जनाले परीक्षण गराएका थिए । जसमा दुई जनामा क्यान्सरको शंका, आठ जनामा सामान्य मासु पलाएको, २८ जनामा साधारण इन्फेक्सन, ११ जनाको पाठेघर तल झरेको, दुई जनाको मेमोग्राम गर्नुपर्ने र ५४ जनाको अवस्था सामान्य रहेको प्राविधिक टोलीबाट जानकारी गराइएको थियो । कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रजिष्टार डा. अस्मिता राणा, सुपरभाइजर अयोध्या पाठक, सिनियर नर्सद्वय मञ्जु शर्मा र तारा दवाडीले सहजीकरण गरेका थिए ।
नाम दर्ता भई परीक्षण गराउन बाँकी रहेकाहरुलाई चैत २५ गते परीक्षण गरिने रामेश्वर पुस्तकालय तथा वाचनालयकी गणेशमाया शाही जानकारी दिइन् ।
Discussion about this post