ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

टेलिसिरियलको दुस्प्रभाव

by चितवन पोष्ट
२०७१ श्रावण ३, शनिबार ०४:०१ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपालमा पछिल्ला दिनमा अपहरणका श्रृंखलावद्ध घटनामा कमी आएको महसुस हुन नपाउँदै चितवनमा हालै यस्तै प्रकृतिको नयाँ घटना घटेको छ । भनपा ७ का एक किशोरले हिन्दी टेलिसिरियल सीआइडीमा देखाइएका विभिन्न काल्पनिक अपराध कथाको नक्कल गरेर तीन बालकलाई अपहरण गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अपहरण अभियोगमा पक्राउ गरेपछि १७ वर्षीय टेकबहादुर सुुयालले हिन्दी टेलिसिरियल सीआइडीको नक्कल गरेको प्रारम्भिक बयान दिएका छन् । सिआइडी र अपराधसँग सम्बन्धित सिरियल, आपराधिक कथामा बनेका चलचित्र तथा भिडियो हेरेको आधारमा आफूले यस्तो काम गरेको किशोरले स्वीकारी सकेका छन् । प्रहरीले ती किशोरविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएको छ । चितवन जिल्ला अदालतमा शुक्रबार यससम्बन्धी मुद्दामा १० दिनको म्यादसमेत थप गरिएको छ ।
किशोरले देखासिकीमा परेर गरेको अपहरणसम्बन्धी कसुर हेर्दा यसले भयानक आपराधिक मनोविज्ञान चित्रित गरेको छ । किशोरले फुटबल टिमको पोशाक खरिद गर्न, नयाँ मोवाइल किन्न र पसलको उधारो भुक्तानी गर्न अपहरण गरेको बयान दिएका छन् । आधारभूत समस्या समाधान गर्न पनि अपहरणको अस्त्र प्रयोग गर्न तम्सिएको शैली हेर्दा किशोर मनोविज्ञानले न्यूनतम परिधि नाघेको देखिएको छ । उनले बालकको फिरौतीवापत एक अभिभावकसँग पचास हजार रुपैयाँ लिएका थिए । चितवनकै एक विद्यालयमा दस कक्षामा पढ्दै गरेका उनले प्रतियोगितामा फुटबल खेलाइदिने प्रलोभन देखाएर भुवन पौडेल, सुहन खड्का र सागर कुँवरलाई नारायणी कला मन्दिरभित्र लगेर उनीहरुका अभिभावकलाई धम्की दिँदै फिरौती मागेका थिए । एक बालकका अभिभावकले पचास हजार फिरौती बुझाएपछि उनले तीन बालकलाई छाडिदिएका थिए । प्रहरीले ‘फोन ट्रयाकिङ’का आधारमा ती किशोरलाई पक्राउ गरेको थियो । घटनाले हिंसात्मक रुप नलिए पनि टेलिसिरियलको दुस्प्रभावले विद्यालयमा पढ्ने किशोर मनोविज्ञानमा कति नराम्रो असर पारेको रहेछ भन्ने यसै घटनालाई हेरे स्पष्ट हुन्छ ।
किशोरले गरेको अपहरण सामान्य देखिए पनि यसले पार्ने दुरगामी असरबारे बेलैमा सचेत नहुने हो भने यसले भयानक दुर्घटना निम्त्याउन सक्छ । यो एकखाले विकृति हो, देखासिकी हो र नेपाली समाजमा भित्रिएको विसंगति हो । टेलिसिरियल एउटा विशुद्ध मनोरञ्जन र चेतनामूलक प्रस्तुतिमात्रै हो भन्ने विवेक नहुँदा नेपालमा थुप्रै किशोरहरु आपराधिक क्रियाकलापमा लाग्ने गरेका छन् । यसको नैतिक जिम्मा अभिभावक र विद्यालयका शिक्षकहरुले पनि लिनुपर्दछ । हाम्रा बालबालिकाले कस्तो खाले संस्कार र शिक्षा हासिल गरिरहेका छन् भन्ने कुरा सबै अभिभावकले एउटा शिक्षाका रुपमा यस घटनालाई लिनुपर्ने देखिन्छ । बालबालिकाले काल्पनिक चलचित्र र सिरियल हेरेर नक्कल गर्न खोज्दा कति ठूलो संकटमा फसिँदो रहेछ भन्ने कुरातर्फ ध्यान दिनु पर्दछ । सिरियल र फिल्म हाम्रो वास्तविक जीवनभन्दा फरक कुरा हुन् । नाटकको नक्कल गरेर त्यसैलाई अंगिकार गर्न खोज्दा ठूलो दुर्घटनामा पर्न पनि सकिन्छ भन्ने पाठ सिक्नु जरुरी देखिएको छ ।

Related Posts

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Chitwan Post

बहुप्रतीक्षित मेलम्ची

Chitwan Post

मातृभाषाहरु सङ्कटमा

Discussion about this post

अन‌ि यो पनि

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
समाज

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको...

Read more
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In