ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विदेश र जागिरभन्दा लोभ्यायो कृषिले

by चितवन पोष्ट
२०७१ श्रावण ३, शनिबार ०३:५६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

Exif_JPEG_420वीरेन्द्रनगर । अचेलका युवा युवतीको रोजाइ भनेको स्वदेशमा राम्रो जागिर वा विदेशको कमाइ हुने गरेको छ । तर जागिर खाने योग्यता र विदेश जाने चाहना हुँदाहुँदै पनि वीरेन्द्रनगरकी सन्तोषी कँडेल गाउँमै बसेर खेती गर्न तयार भइन् ।
कृषि मन्त्रालयले सञ्चालन गरेको युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रममा छनौट भएकी कँडेलले गत वर्ष सरकारबाट ६० हजार रुपैयाँ सहयोग पाइन् । त्यसरी सहयोग पाएर तरकारी खेती गर्नेहरुमा कँडेल सबैभन्दा धेरै आम्दानी लिन सफल भइन् ।
कार्यक्रमअन्तर्गत सुरूमा ४० जना र पछि पाँचजना गरेर कुल ४५ जनाले सहयोग पाएका थिए । जसमा आठजनाबाहेक सबै पुरुष थिए । कँडेल सबैलाई उछिनेर धेरै आम्दानी लिन सफल भएकी छन् ।
धादिङबाट वीरेन्द्रनगर बसाइ सरेर आएका ७३ वर्षीय मोतीराम कँडेलकी छ बहिनी छोरीमध्ये कान्छी छोरी हुन् सन्तोषी । मोतीरामले गाउँमा तरकारीखेती गरेको १५ वर्षभन्दा धेरै भयो । बाबुको शरीर स्वास्थ्यले साथ दिन छाडेपछि सन्तोषीले नै खेती सम्हालेकी हुन् ।
‘गत वर्ष असोजमा सूचना थाहा पाएँ । के कसो होला भनेर निवेदन दिएको प्रस्ताव स्वीकृत भयो’, कँडेलले भनिन् । सरकारले एक बिघाभन्दा धेरैमा तरकारीखेती गर्नेलाई ६० हजार रुपैयाँ नगद अनुदान दिने नीति लिएको थियो ।
‘सरकारको उद्देश्य भनेको विदेश गएर फर्केका र विदेश जाने चाहना बनाएकाहरुलाई स्वदेशमै कृषि पेसा सुरू गर्न प्रेरित गर्नु थियो’, चितवनका जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले भने ।
स्नातकसम्म पढेकी सन्तोषीले शिक्षकको जागिर पनि नखाएकी होइनन् । त्यस्तै एक समय उनलाई जापान जाने सोच पनि आएको थियो । तर सबै कुरा त्यागेर उनी तरकारीखेतीमा होमिएकी हुन् । २३ कठ्ठामा उनले तरकारी लगाएकी छन् ।
जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त जानकारीअनुसार कँडेलले सात लाख ६२ हजार ६९० रुपैयाँको तरकारी बिक्री गरेकी छन् । खर्च कटाएर उनले तीन लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको कार्यालयका प्रमुख राजाराम अधिकारीले जानकारी दिए ।
तरकारी खेतीका लागि हुने खर्च अत्यधिक नै छ । यस्तो अवस्थामा सरकारले दिएको अनुदान निकै कम हो जस्तो नलाग्ने होइन । तर सन्तोषी भन्छिन्, ‘सुरूमा बीउ किन्न र खेतीको तयारी गर्न यो रकमले ठूलो मद्दत गर्छ । यसबाट धेरै प्रोत्साहन मिल्छ ।’
सन्तोषीले गरेको आम्दानी सबैभन्दा धेरै रहेको छ । त्यस्तै अन्यले पनि बिघामा न्यूनतम ८० हजार रुपैयाँको हाराहारीमा आम्दानी गरेको प्रमुख अधिकारीले बताए । सरकारले गत वर्ष तराईका १६ र मध्य पहाडका नौ जिल्लामा यो कार्यक्रम सुरू गरेको थियो ।

Related Posts

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In