ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एउटै खोलामाथि नौवटा पुल

by चितवन पोष्ट
२०७१ श्रावण ३, शनिबार ०३:५२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

2दिपेन्द्र अधिकारी
भरतपुर । रिग्दीखोला चितवनको पहाडी गाविस काउले, दाहाखानी र चण्डिभञ्ज्याङको सिमानाबाट बग्छ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नपुग्दै केहीवर यो खोला त्रिशूली नदीमा मिसिन्छ । वर्षायाममा नदीकै रुपमा यो खोला उर्लने गर्छ । पहाडका तीन गाविसलाई छोएर बग्ने ठूलो खोला भएकाले यस खोला भएर वारपार गर्न स्थानीयलाई निकै गाह्रो हुने गरेको छ ।
यस खोलाको बारेमा एउटा रोचक तथ्य छ । जुन तथ्य हो, यो खोलामाथि हालसम्म सातवटा झोलुङ्गे पुल बनिसकेका छन् । जिल्ला प्राविधिक कार्यालय चितवनका सव–इन्जिनियर विष्णु काफ्लेका अनुसार थप दुईवटा पुल बन्ने तयारीमा छन् । यसरी हेर्दा एउटै खोलामाथि नौवटा पुल बन्ने देखिन्छ ।
कहीँ एउटै गाविसका दुई गाउँ जोड्न पुल हालिएको छ भने कहीँ दाहाखानी र चण्डिभञ्ज्याङ जोड्न पुल हालिएको छ । काउलेको शिरबाट यो खोला तल झरेको छ । यस खोलाबाट ०.५९ मेगावाट क्षमताको विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । चितवन जिल्लामा हालसम्म ४४ वटा झोलुङ्गे पुल निर्माण भइसकेको काफ्लले जानकारी दिए । तीमध्ये अधिकांश पहाडी गाविसमै रहेका छन् । केही भने समथर क्षेत्रमा रहेका छन् ।
स्थानीयको मागअनुसार झोलुङ्गे पुल हालिएको र पछिल्ला समयमा पनि रिग्दीखोलामा थप पुल निर्माणका लागि माग भएको कार्यालयले जनाएको छ । यस खोलामा माछा मारेर कतिपयले आफ्नो जीविकोपार्जन पनि गर्दै आएका छन् । गाउँमा सिंचाइको सुविधा पनि मिलेको छ ।
त्यस्तै जिल्लाको पहाडी गाविस लोथरमा पनि पाँचवटा झोलुङ्गे पुल निर्माण भएको छ । पहाडमा पुल बनेपछि वर्षायामको समयमा वारपार गर्न सजिलो भएको लोथर कालीटारकी कोपिला चेपाङले बताइन् ।
त्यस्तै झोलुङ्गे पुल हेरालुहरुको तलब बढेको छ  । अघिल्लो वर्षसम्म वार्षिक रु.तीन हजार तलब खाँदै आएका हेरालुहरुको यस वर्ष भने तलब बढेर रु.छ हजार पुगेको छ । पुलको रेखदेख गरेबापत पाउने तलबबाट छोराछोरी पढाउन सजिलो भएको पुल हेरालु कोपिला चेपाङले बताइन् ।
चितवनमा ४४ जना पुल हेरालु रहेका छन् । जसमा आठजना महिला छन् । हेरालुहरुको काम मुख्यतः पुलको मुखमा जम्मा हुने ढुंगामाटो पन्छाउने, झारपात उखाल्ने, लठ्ठा ख्याल गर्ने, नटहरु कस्ने रहेको जिविस चितवनमा झोलुङ्गे पुल कार्यक्रम हेर्दै आएका प्राविधिक कार्यालय सव–इन्जिनियर विष्णु काफ्लेले बताए । पुल हेरालुको रुपमा काम गर्नेहरुलाई आर्थिक राहत मिल्ने गरेको उनले बताए ।

Related Posts

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In