भरतपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट आएको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा छापा मारेको छ ।
कार्यालयमा भएका योजना तथा कार्यक्रमहरुमा अनियमित भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारबाट खटिएको टोलीले कार्यालयको गत आर्थिक वर्षमा सकिएका तथा भुक्तानी भएका योजना तथा कार्यक्रमका सम्पूर्ण कागजातहरु समेत नियन्त्रणमा लिएको छ ।
‘लेखाबाट भुक्तानी भएका सम्पूर्ण योजना तथा कार्यक्रमका कागजातहरु अख्तियारले लिएर गयो’, कार्यालयका एक कर्मचारीले भने, ‘कार्यालयका योजनाहरु कार्यान्वयनका क्रममा अनियमितता भयो भनेर उजुरी परेको रहेछ ।’
Discussion about this post