बसन्त पराजुली
भरतपुर । भरतपुर नगर क्षेत्रलाई अपाङ्गमैत्री नगर बनाउने गृहकार्य सुरू भएको छ । यसको पहल नगरपालिकाले नै सुरू गरेको हो । २०७६ सम्ममा भरतपुर नगरलाई बालमैत्री सहर बनाउने तयारी थियो ।
‘हामीले अपाङ्गमैत्री नगर बनाउने पहल सुरू गरिसकेका छौ’, भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले भन्नुभयो, ‘अहिले नगरपालिकाभित्र र वडा कार्यालयहरुका संरचनामा अपाङ्गमैत्री बनाउन सुरू भइसकेको छ ।’
नगरपालिका भवन र १४ वडामध्ये सातवटा वडा कार्यालयमा अपाङ्गहरुको ह्विल चियर जान सक्ने ‘¥याम’ बनाइएको छ । यसका लागि नगरपालिकाले नौ लाख रुपैयाँ गएको आर्थिक वर्षमा खर्च ग¥यो ।
अपाङ्गहरुकै क्षमता वृद्धिका लागि ३० जना नेत्रहीनलाई धुप बनाउने तालिम यसै वर्ष दिइएको छ । १६ जना बहिरालाई मुढा बनाउने तालिम र बौद्धिक अपाङ्गलाई खेलकुद कार्यक्रम पनि नगरपालिकाले गरेको छ ।
‘अपाङ्गहरुलाई सहज आवतजावत गर्न सकियोस् भनेर नै पहिलो चरणमा ‘¥याम’ बनाउन जोड दिइएको हो’, नगर अपाङ्ग समन्वय समिति भरतपुरबाट हिजोबाटै अवकास पाएका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले भने, ‘कार्यालय भवनमात्रै हैन, अब नगरभित्रका सडकहरु पनि अपाङ्गमैत्री बनाइनुपर्छ ।’
अपाङ्गहरु सडक पार गर्न सजिलै सकुन् भनेर सडक क्रसिङ्ग बनाउनुपर्ने, उनीहरुलाई हिँड्न सजिलो हुने सडकको पेटी निर्माण गरिनुपर्ने आवश्यकता पनि औँल्याएको छ । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको १५ लाख रुपैयाँमध्ये नौ लाख रुपैयाँ यस्तै भौतिक निर्माणमा खर्च गरिने योजना बनेको बताइएको छ ।
समितिका निवर्तमान उपाध्यक्ष श्रेष्ठका अनुसार विनियोजित बजेटले बाँकी रहेका नगरका वडाहरुमा ‘¥याम’ बनाइने छ भने बाँकी रकमले सडकमा क्रसिङ्ग बनाउन खर्च गरिने छ । बाँकी ६ लाख रुपैयाँ अपाङ्गहरुको आर्थिक तथा सामाजिक र सीप विकासमा खर्च गरिने बताइएको छ ।
२०७६ सम्ममा बालमैत्री नगर बनाउनका लागि सञ्चालित कार्यक्रमहरु प्रभावकारी भइरहेका बेला अपाङ्गमैत्री नगर बनाउने अभियान पनि प्रभावकारी हुने विश्वास लिइएको छ । नगरपालिकालाई बालमैत्री बनाउनका लागि नगरपालिकाले लक्षित वर्ग कार्यक्रमअन्तर्गत कुल बजेटको १५ प्रतिशत बजेट बालबालिकाको हितमा खर्च गर्ने व्यवस्था मिलाएको छ ।
यसमा विद्यार्थीहरुको शिक्षादेखि सामाजिक विकाससम्मका कार्यक्रम छन् । अझै विभिन्न दातृ संस्थाहरुको सहयोगमा सडक बालबालिकाको पुर्नस्थापनामा समेत भरतपुर नगरपालिकाले कार्यक्रम सञ्चालन गरिरहेका बेला अपाङ्गहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।
भरतपुर नगरपालिकाभित्र नौ सयका हाराहारीमा अपाङ्ग रहेको यससँग सम्बन्धित संघसंस्थाहरुले जनाएका छन् । तर भरतपुर नगरपालिकाले वितरण गर्ने अपाङ्ग भत्ता लिनेको संख्या भने ७० मात्रै छ । पाँच वर्षभित्रमा भरतपुर नगर क्षेत्रमा पूर्णरुपमा अपाङ्गमैत्री बन्ने विश्वास उपाध्यक्ष श्रेष्ठलाई छ ।
Discussion about this post