नारायणगढ । डिस होमको सर्भिस सेन्टर नारायणगढमा खुलेको छ । बिहीबार नारायणगढ मिलनरोडको सिटी प्लाजामा रहेको सर्भिस सेन्टरको सिनियर सेल्स मेनेजर केहरसिं केसीले उद्घाटन गुर्नभयो ।
राजधानीबाहिर नारायणगढ र पोखरामा एकैपटक सर्भिस सेन्टर खोलिएको र अन्य सहरहरुमा पनि खोल्ने तयारी भइरहेको सिनियर सेल्स मेनेजर केसीले जानकारी दिए । ग्राहकको माग र सुविधालाई ध्यानमा राखेर सर्भिस सेन्टर खोलिएको केसीले बताए ।
सर्भिस सेन्टरमा आउने ग्राहकलाई सेन्टरमै र यहाँ आउन असम्भव भएकाले घरमै गएर सेवा दिने लक्ष्यका साथ सर्भिस सेन्टर खोलिएको उनले बताए । नारायणगढ क्षेत्रमै २५ हजार बढी डिसहोम सेवाग्राही छन् । विद्युत् अभावमा पनि टिभी हेर्न सकिने, स्पष्ट पिक्चर क्वालिटी, रिचार्ज सिस्टम, विभिन्न च्यानल रोजाइको सुविधा, पर्सनल भिडियो रेर्कडिङलगायतका सुविधाले गर्दा डिसहोमका ग्राहक दैनिकजसो बढ्नेक्रममा रहेका छन् ।
डिसहोमको विशेषताहरुको कारण गाउँ र सहरी क्षेत्रमा यसको लोकप्रियता बढेको केसीले बताए । ग्राहकलाई समयमै विश्वसनीय सेवा दिनु आफूहरुको प्रमुख दायित्व भएकाले देशका सबैजसो ठाउँमा सर्भिस सेन्टर खोल्ने तयारी भएको उनले बताए ।
Discussion about this post