ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

by केशव भट्टराई
२०७७ फाल्गुन २४, सोमबार १३:०९ गते
in राजनीति
0
Chitwan Post
1
SHARES
Share on FacebookShare on Twitter

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु गरिएको छ ।

यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सहयोगी दाताले रु एक लाख हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा ‘ओखती’ साबुनले रङ्गशालालाई रु एक लाख सहयोग गरेको छ । ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौँले रु एक लाख सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो । कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल रङ्गशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई रु एक लाखको चेक हस्तान्तरण गरे ।

सो क्रममा प्रबन्ध निर्देशक बस्यालले ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा निकै सान्दर्भिक रहेको भन्दै सानो सहयोगको रुपमा आफू रङ्गशालासँग जोडिएको बताए । उनले आफ्ना पितृदेखि परिवार तथा संस्थाको नाम लेखेर सहयोग गर्न सकिने भएको यस अवधारणामा सामेल हुन देश तथा विदेशमा रहेका सबै नेपालीमा आग्रह गरे । उनले आगामी दिनमा अझै यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

प्रबन्ध निर्देशक बस्यालले पाँच नम्बरको कुर्ची बुक गरेका छन् । फाउन्डेसनले काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा सार्वजनिक गरेपछि अहिले धमाधम कुर्ची बुक गर्दै सहयोग गर्न थालेका छन् ।

फाउन्डेसनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणमा अझै पनि रकमको आवश्यकता भएकाले यो अवधारणा ल्याइएको बताए । उनले यो अवधारणा कुर्ची बेच्ने अर्थमा नलिन आग्रह गर्दै सानो सहयोगबाट आफ्नो नाम लेखाउन सकिने अवधारणाको रुपमा लिन आग्रह गरे ।

“यो कुर्ची खरिद, बिक्रीको कुरा होइन, सहयोगबाट कुर्चीमा नाम लेखाउन सकिन्छ भन्ने सन्देश दिन हो, यसअघि सहयोग गर्ने महानुभावको पनि हामीले रङ्गशालामा नाम उल्लेख गर्छौं”, अध्यक्ष धुर्मुसले भने । रासस

Related Posts

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

एमालेको प्रशिक्षण र वडा कमिटी गठन

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In