ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वीरेन्द्रनगर गाविस पनि साक्षर

by चितवन पोष्ट
२०७१ श्रावण १, बिहीबार ०४:२४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

वीरेन्द्रनगर । वीरेन्द्रनगर गाविसलाई राजनैतिक दलहरुको प्रतिनिधिको उपस्थितिमा बुधबार पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । ८८ वर्षीय नवसाक्षर मोती ठकुरीले ब्यानरमा लेखिएको शव्दहरु वाचन गरी साक्षर घोषणा गर्नुभएको हो । राष्ट्रिय साक्षरता अभियानअन्तर्गत सन् २०१५ सम्म चितवन जिल्लालाई साक्षर बनाउने लक्ष्यअनुसार वीरेन्द्रनगरलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको हो ।
गाविस सचिव तीर्थराज घिमिरेको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य प्रमुख अतिथि र सहायक जिल्ला शिक्षा अधिकारी भूमिलाल सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो ।
घोषणा कार्यक्रममा नागरिक सचेतना केन्द्र वीरेन्द्रनगरका अध्यक्ष शिवराज अधिकारीले प्रतिवेदन पेश गर्नुभएको थियो । साक्षरता अभियानपछि १५ हजार ८४१ कूल जनसंख्या रहेको वीरेन्द्रनगर गाविसमा १५ हजार ७४१ पूर्ण साक्षर भएका छन् । यो साक्षरता कूल जनसंख्याको ९९.३६ प्रतिशत हो । एक हजार ९८० जनालाई साक्षर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । घोषणा कार्यक्रममा बा“की रहेका निरक्षरलाई साक्षर बनाउने र साक्षरता कक्षालाई निरञ्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको
थियो ।
घोषणा कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, सहायक जिल्ला शिक्षा अधिकारी, विभिन्न दलका प्रतिनिधिलगायत निवृत्त शिक्षक समाज क्षेत्र नं. १ का सचिव सिद्धराज लेखक, कालिका वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पुन,  नेकपा एमालेका छविलाल भुषाल, नेपाली कांग्रेसका मुरारीप्रसाद सिलवाल, एकीकृत नेकपा माओवादीका खिलप्रसाद घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणपति कँडेल, मधेशी जनअधिकार फोरमका लनी महतोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ८० वर्षभन्दा माथिका नवसाक्षरहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै जोडी नवसाक्षर, ६० वर्षभन्दा माथिका साक्षर र कार्यक्रममा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।
चितवनको २५औं साक्षर गाविस घोषणा भएको उक्त कार्यक्रममा वीरेन्द्रनगर भजन मण्डली र थारु समाज वीरेन्द्रनगरले विभिन्न झा“की र बाजागाजासहित कार्यक्रम प्रस्तुत गरेको थियो ।

Related Posts

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई जनाको निधन

Discussion about this post

अन‌ि यो पनि

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही
प्रमुख समाचार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

भरतपुर । भरतपुर महानगरपालिकाकै नमुना सडकमा रुपमा निर्माणाधीन साइकल लेनसहितको सडकमा ठेकेदारले लापरर्बाही गरेको छ । भरतपुर–७ को हेल्थपोष्ट चोक...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

भरतपुर महानगरको बजेट खर्चको स्थिति : मंसिर मसान्तसम्मको बजेट खर्च न्यून

करको दर हैन दायरा बढाउँदै महानगर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In