ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

प्रेम रावत

by केशव भट्टराई
२०७७ फाल्गुन २३, आईतवार ०८:५८ गते
in विचार
0
धर्म जीवनको खोज हो
16
SHARES
Share on FacebookShare on Twitter

‘अढाइ अक्षर प्रेमको’ भन्नुको तात्पर्य के हो ! हामीले जति धेरै पुस्तक अध्ययन गरे पनि सिक्न नसकिने त्यस्तोे चीज के छ ? त्यसका बारेमा हामीले जतिसुकै अध्ययन गरे पनि बुझ्न सक्दैनौँ । कतिपय चीजलाई बुझ्नका लागि हामीले एउटा कुरा अवश्य सिक्नुपर्ने हुन्छ । यो अत्यन्तै आवश्यक कुरा हो । धनी को हो अनि गरिब को हो ? यसका बारेमा तपाईंको परिभाषा, तपाईंको व्याख्या के छ ? जोसँग पैसा छैन उसलाई हामी गरिब भनेर बुझ्छौँ । कसरी ? पैसा त मानिसले नै बनायो । त्यसको बाँडफाँट पनि मानिसले नै गर्छ । मानिसले नै गरिब बनायो, मानिसले नै धनी बनायो अनि यी सबै कुरा हामीले सिकेका छौँ । के हामीले जीवित छौँ भन्ने कुरालाई बुझेका छौँ ? हाम्रा लागि कुनै पनि चीज स्थायी छैन । एक दिन उठ्यो, मुड ठीक छ । अर्को दिन उठ्यो, मुड राम्रो हुँदैन । कहिले आफ्नो परिवारको बोझले हैरान हुन्छौँ त कहिले आफ्नो कामबाट अनि कहिले आफ्नो शरीरका कारण आजित हुन्छौँ ।

मनमा बुझ्ने क्षमता छैन । मन त चीज नै यस्तो हो जसमा बुझ्ने क्षमता नै छैन तर हृदयले बुझ्न सक्छ । किनभने, मनका लागि अनुभव नामको कुनै चीज नै छैन । उदाहरणका लागि तपाईं कतै गइरहनुभएको छ अनि यस्तो केही घटना भयो जसका कारणले तपाईंलाई रिस उठ्यो । तपाईंको मनले भन्यो– यो राम्रो होइन । तपाईंलाई रिस उठ्यो । मनले नै रिस उठाउँछ । जब तपाईं क्रोधित हुनुहुन्छ तब तपाईं चिच्याउन, कराउन थाल्नुहुन्छ । जे गर्न मन लाग्यो त्यो गर्नुहुन्छ । त्यसपछि तपाईंलाई रिसाउनु ठीक होइन रहेछ भन्ने लाग्छ । यदि मनमा बुझ्ने क्षमता भएको भए उसले त यस्तो गर्नु हुँदैन थियो भनेर बुझ्थ्यो । के जीवनमा हामी एक पटक मात्रै रिसाएका छौँ ? होइन । रिसाउँछौँ अनि बिर्सन्छौँ, फेरि क्रोधित हुन्छौँ तर फेरि पनि बिर्सन्छौँ । मनलाई सम्झाउने कि हृदयलाई सम्झाउने ! किनभने, मानिसमा दुईओटा कुरा हुन्छ– एउटा त्यो हो जहाँ उसको मनको राज्य हुन्छ अनि अर्को त्यो हो जसमा उसको हृदयको राज्य हुन्छ ।

यदि प्रेम गर्नु नै छ भने आफ्नो हृदयसँग प्रेम गर्नुहोस् । जसले यो श्वास, यो जीवन, त्यो शक्तिसँग प्रेम गर्न चाहन्छ जुन शक्तिका कारण सबैथोक हुन्छ, ऊ धन्य हुन्छ । यो हृदयको इच्छा हो । मनको इच्छा के हो ! मनले त्यो शक्ति, ती सृष्टिकर्ताका बारेमा न त बुझ्छ न बुझ्न नै सक्छ । मन त बदलिरहन्छ र सारा संसार तल्लीन छ त्यो मनलाई बुझाउनका लागि, उसलाई शान्त अर्थात् खुसी तुल्याउनका लागि । तथापि, कोही यस्तो मानिस नै छैन जसको मन खुसी होओस् । मनका लागि हरेक चीज बदलिन्छ । मनका लागि कुनै पनि कुरा स्थायी छैन ।

कतिपय मानिसहरूले आफ्नो हृदयको आवाजलाई कसरी सुन्न सकिन्छ भन्ने कुरा गर्छन् । हृदयको आवाजलाई सुन्नका लागि मनको आवाजलाई घटाउनुपर्छ किनभने मनको आवाज तीखो छ । यो त्यस्तै कुरा भयो– रेडियो बजिरहेको छ अनि कसैसँग कुराकानी गर्नुपर्ने भयो भने के गर्नुपर्छ ! यदि तपाईं फोनमा कुराकानी गर्न चाहनुहुन्छ र यस्तो ठाउँ छ जहाँ ठूलो–ठूलो आवाज आइरहेको छ भने बाहिरको आवाजलाई कुनै तरिकाले घटाउनुपर्ने हुन्छ । यदि बाहिरको आवाजलाई कम गर्नै सक्नुहुन्न भने कतै त्यस्तो स्थानमा जानुपर्ने हुन्छ जहाँ यत्तिको धेरै हल्ला हुँदैन जसले गर्दा तपाईं आफ्नो कुरा गर्न सक्नुहुन्छ । हृदयको आवाज सुन्ने कुरा पनि यस्तै हो । हृदयले त तपाईँसँग केही भनिरहेको छ अनि सदैव भन्दै आइरहेको छ र भनिरहनेछ । तर, मनको आवाज जसको ध्वनि यति धेरै चर्को भइरहेको छ त्यसैलाई हामी सुनिरहेका हुन्छौँ ।

हामीले वास्तवमा के बुझ्नुपर्छ भने यो आफ्नो मनको आवाजलाई केही शान्त पार्नुपर्छ जसले गर्दा हामीले आफ्नो हृदयको आवाजलाई पनि सुन्न र बुझ्न सक्छौँ । हाम्रो हृदयले हामीलाई के भनिरहेको छ ! त्यसका लागि केवल यही गर्नुहोस्– “तपाईंभित्र श्वास आइरहेको छ अनि गइरहेको छ । यसलाई बुझ्नुहोस् । आफ्नो जीवनलाई सफल पार्नुहोस् । तिनलाई प्रेम गर्नुहोस् जो तपाईंको हृदयमा बसेका छन् ।” हृदय त चीज नै त्यस्तो हो किनभने यो हृदयमै ती सृष्टिकर्ता बसेका छन् । जसको ध्वनिलाई सुन्नका लागि अन्य क्षेत्रको आवाजलाई घटाउनु आवश्यक हुन्छ ।

जस्तो कुनै बच्चा जब ऊ बजार जान्छ, ऊ मेलामा जान्छ अनि खेलौनातिर हेर्न थाल्छ । खेलौनामा हेर्दाहेर्दै उसले आफ्नो आमाबुवाको हात समातिरहेको छु या छैन भन्ने कुरा नै भुल्छ । मानिसले पनि सृष्टिकर्तासँग यस्तै व्यवहार गरिरहेको हुन्छ । यो मेलारूपी संसारमा हराएर उसले सृष्टिकर्तालाई पनि बिर्सन्छ । मनको संसार त निर्माण भइरहेको छ तर हृदयको संसार कहाँ छ ! हृदयका लागि कुनचाहिँ संसार छ ? आफ्नो जीवनमा, यो जीवनमा यो हृदयको संसार पनि त निर्माण गर्नुहोस् । जुन दिन तपाईँ यो जगत्मा आफ्नो हृदयको संसार निर्माण गर्न थाल्नुहुन्छ, त्यो खेलौनातिर पनि ध्यान दिनुहुन्छ जुन हृदयका लागि ग्राह्य छ त्यही खेलौनाले यो सारा संसारलाई रचना गरेको छ । हृदय त्यतातिर दौडिन्छ । त्यो नै उसको खेलौना हो । ऊ त त्यसैका साथमा खेल्न चाहन्छ । जब यसबारेमा निर्णय लिनुहुन्छ नि तब अरू के चाहिन्छ जीवनमा ! त्यसपछि त्यतातिर पनि मोडिन सुरू गर्नुहुनेछ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि  www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

 

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In