बछौली । बछौली–७ जनकौलीमा रहेको पार्वती राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई बुधबार पोसाक वितरण गरिएको छ । बछौली गाविसले सो विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
विद्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा गाविस सचिव तेजेन्द्रनाथ लामिछानेले विद्यार्थीहरुलाई पोसाक वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँले गाविसभित्र रहेका विपन्न समुदायका विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्न आइपर्ने कठिनाइको समाधान गर्न गाविस तयार रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक ज्ञानु ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Discussion about this post