ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

by केशव भट्टराई
२०७७ फाल्गुन २०, बिहीबार १७:१६ गते
in समाज
0
जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत
1
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले बुधबार जिल्लाका नवआगन्तुक प्रमुखहरुको स्वागत गरेको छ ।

संघले चितवन जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी र सशस्त्र प्रहरी बल नेपाल, नं १७ गण हेडक्वाटर, आ“पटारीका सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापालाई संयुक्त रुपमा स्वागत गरेको हो ।

संघको सभाहलमा आयोजित स्वागत एवम् छलफल कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको समग्र विकासमा स्थानीय प्रशासन, सुरक्षा निकाय र निजी क्षेत्रबीचको सम्बन्ध लामो समयदेखि सुमधुर रहँदै आएको बताउँदै आगामी दिनहरुमा पनि सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकासका लागि विकासको सार्वजनिक, निजी साझेदारी अवधारणाअनुरुप चितवनमा भएका कार्यक्रम र आगामी दिनमा आयोजना गर्न सकिने कार्यक्रमको बारेमा जानकारी दिँदै चितवनको व्यावसायिक विकासमा स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे ।

स्वागत कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्यमशीलता र औद्योगिक विकासबिना समृद्धि हासिल नहुने बताउँदै आर्थिक समृद्धिका लागि उद्यमशीलता उन्मख हुन सुझाव दिए । उनले व्यवसायीहरुलाई भयरहित वातावरणमा व्यावसायिक क्रियाकलाप अगाडि बढाउन अनुरोध गरे ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवन जिल्लाको शान्ति सुरक्षा र अमनचयन स्थापना गर्नमा कुनै कसुर नराख्ने बताए ।

सो अवसरमा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधानले स्थानीय प्रशासन, सुरक्षा निकाय र उद्योग वाणिज्य संघ–चितवनबीच भएका सहकार्यका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सहनलाल प्रधानले विगत लामो समयदेखि प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्ने चितवन महोत्सवको बारेमा जानकारी दिँदै यसरी आयोजना गरिने मेला तथा महोत्सवलाई अझ बढी व्यवस्थित गर्नका लागि आवश्यक समन्वय गर्नसमेत अनुरोध गरे ।

संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए भने कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, संघका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

Related Posts

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In