नारायणगढ । सुइरो कार्यक्रम तथा नारी अभ्युदय केन्द्र नारायणगढले जलदेवी राष्ट्रिय प्राथमिक विद्यालय भतेरीमा अध्ययन गरेका ६५ विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेको छ ।
कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका अध्यक्ष डिल्लीराम सापकोटा, सुइरो कार्यक्रम नारायणगढकी अध्यक्ष मनकुमारी सेन, विद्यालयका प्रअ कृष्णकुमारी लम्साललगायतले बोल्नुभएको थियो । नारी अभ्युदय केन्द्र नारायणगढकी अध्यक्ष मधु शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । – सावित्री नेपाल (प्रशिक्षार्थी)
Discussion about this post