ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता

–दिपेन्द्र अधिकारी

by केशव भट्टराई
२०७७ फाल्गुन २०, बिहीबार ११:१२ गते
in प्रमुख समाचार
0
खैरहनीमा भएको दुर्घटनामा आठ दिनपछि प्रहरीलाई सफलता
3
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । फागुन ९ गते बिहान ३ः३० बजे चितवन खैरहनी नपा–१ मा कालिका नगरपालिका–३ बस्ने ४० वर्षीय कुलबहादुर मोक्तानको दुर्घटनामा मृत्यु भयो । ट्राफिक प्रहरीका अनुसार हल्का मापसे गरेका मोक्तान सडकखण्डको बीच भागमा सुतेका थिए । उनले सडक बीच भागमै देखेका धेरै सवारीले छलेर गए । तर, ना ६ ख २९०९ नम्बरको ट्रकले उनलाई जोगाउन सकेन । यस ट्रकले ठक्कर दिँदा मोक्तानको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटना भई एक पुरूषको मृत्यु भएको सम्बन्धमा आठ दिनपछि चितवन प्रहरीले सफलता हात पारेको छ । दुर्घटना गराई ज्यान लिएको आरोप लागेको चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।

सडकको बीच भागमा रहेका व्यक्तिको मृत्यु गाडीको ठक्करबाट भएको भन्नेमा प्रहरीले प्रारम्भिक निक्र्यौल निकाल्यो । तर, रातिको समयमा भएको दुर्घटनाका कारणले प्रहरीलाई ठक्कर दिने गाडी पत्ता लगाउन ठूलो समस्या भयो ।

घटना अन्य व्यक्तिले प्रत्यक्ष नदेख्नु, सिसी क्यामरा घटनास्थलनजिक नहुनुुु र ठक्कर दिनेले प्रहरीमा खबर गरेर इमानदारिता नदेखाउँदा अनुसन्धान सुरू गर्नै समस्या बनेको चितवन टाफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले बताए ।

कहाँबाट सुरू गर्ने भन्ने अन्योल भएपछि नजिक कतै सिसी क्यामरा छ कि भनेर खोजी भयो । साथै, ठक्कर दिने गाडी जान सक्ने हरेक क्षेत्रमा सिसी क्यामराबाट गाडी खोजी भयो । प्रनि भट्टका अनुसार सिसी क्यामरा फुटेज वीरगन्जबाट समेत मगाइयो, तर भेटिएन ।

पर्सा बजारमा एउटा कङ्क्रिट उद्योगनजिक सिसी क्यामरा रहेको थाहा भएपछि प्रहरी त्यसमा केन्द्रित भयो । नभन्दै ५० मिटर पर ट्रकजस्तो देखिने गाडीले ठक्कर दिएको पहिलो तथ्य फेला प¥यो । प्रहरीको अनुसन्धान ट्रकमा केन्द्रित भयो । अझै निहालेर हेर्दा १२ चक्के ट्रक भन्ने थाहा भयो । अनुसन्धान साँघुरियो । उनीहरुले नीलो वा हरियो रङको भनेर दुई रङको पनि यकिन गरे, अनि खोजीलाई तीव्रता दिए । ट्रक नै हो भन्ने यकिन भएपछि आफूहरुले यससँग सम्बन्धित यातायात समितिमा पनि पत्राचार गरेको ट्राफिक प्रहरी निरीक्षक भट्टको भनाइ छ ।

अनुसन्धानको क्रममा ठक्कर दिने र त्यसपछि आउँदै गरेको ट्रक एउटै कम्पनीका जस्ता देखिए । तेस्रो नम्बरमा भारतवेन्जको नाम भएको ट्रक देखियो । यो ट्रक पत्ता लागेपछि चालकले आफूभन्दाअगाडिको ट्रकले ठक्कर दिएको तर नम्बर यकिन गर्न नसकेको बताए ।

ठक्कर दिने ट्रकका चालक रत्ननगर टाँडीमा आएर रोकिए । त्यहाँ भएको क्यामराले ट्रकका सहचालक झरेर चालकपट्टिको अगाडिको टायर हेर्दै गरेको भेटियो । तर, अझै ट्रक यकिन भएन । ‘यसबीचमा हामीले २ सय वटा १२ चक्के ट्रक चेक ग¥यौँ’, ट्राफिक प्रनि भट्टले भने, ‘खोतल्दै खोतल्दै जाँदा ठक्कर दिने ट्रकनजिक पुगियो ।’

ठक्कर दिने ट्रकको स्वरुपबारे प्रहरीले अरुलाई जानकारी गराएको थियो । प्रहरीका लागि अर्को ट्रकका सहचालक सहयोगी बनिदिए । उनले प्रहरीले भनेअनुसारको ट्रक फलानो ठाउँमा छ भनी जानकारी दिए । ‘राजस्व काटेको ६ सयवटा ट्रकहरुका विवरण हेरियो, रातभरि दिनभरि ठाउँठाउँका सिसी क्यामरा फुटेज हेरियो, नाकानाकामा प्रहरी खटिए, अन्तमा सबै पक्षबाट ट्रक यकिन भएपछि नियन्त्रणमा लियौँ, त्यसपछि अल्लि ढुक्क भयौँ’, प्रनि भट्टले भने । अन्ततः ठक्कर दिने ट्रक ८ दिनपछि फागुन १७ गते फेला प¥यो ।

प्रहरीले यसलाई मह¤वपूर्ण सफलता मानेको छ । ठक्कर दिएको भनिएको ट्रकका चालक थिए, राप्ती नपा–१ का ३० वर्षीय गणेश तामाङ ।

उनले घटनाबारे आफूलाई केही थाहा नभएको बताए । केही भएको हो कि भनेर शङ्का लागेर हेर्दा टायरहरुमा पनि रगत, मासुको भाग वा अन्य कुनै प्रमाण नै नदेखेपछि आफूहरु मुग्लिनतर्फ लागेको चालकले प्रहरीमा बताएका छन् ।

प्रहरीका अनुसार माघ महिनामा मात्रै पूर्वी चितवन क्षेत्रमा भएको दुर्घटनामा कुल १५ मा ८ जनाले ज्यान गुमाएका छन् । चितवन ट्राफिकका अनुसार फागुन महिनाको हाल ५ दुर्घटना भएकोमा २ जनाको ज्यान गएको छ । साँघुरो सडकका कारण यस क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

Related Posts

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना : मृत्युदर बढ्दै, एक सातामा चारको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In