नवलपरासी । पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर–८ मा १५ शøयाको अस्पताल निर्माणका लागि डेढ वर्ष पहिला शिलान्यास गरिएको भए पनि स्थानीय सरकारको अवज्ञाका कारण अस्पताल निर्माण अहिले अलपत्र परेको छ । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सुनवल स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शøयाको अस्पताल निर्माणका लागि २०७६ साल भदौमा शिलान्यास गर्नुभएको थियो ।
सुनवल स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शøयाको अस्पताल निर्माणको विषयमा सुनवल नगरपालिकाले नै अवज्ञा गरेका कारण अस्पताल निर्माण कार्य अलपत्र परेको सुनवल स्वास्थ्यचौकीका अध्यक्षसमेत रहेका वडा नम्बर–८ का अध्यक्ष नीलकण्ठ गैरेले बताए ।
सुनवल स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शøयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको निर्णय भएअनुसार केन्द्र सरकारका राज्यमन्त्री यादवद्वारा डेढ वर्ष पहिला नै शिलान्यास गरिएको स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शøयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट पहिलो चरणको रकम नगरपालिकामा आएको भए पनि नगरपालिकाको कार्यालयले आवश्यक प्रक्रिया अघि नबढाइदिँदा अस्पताल निर्माण कार्य डेढ वर्षदेखि अलपत्र परेको सुनवल वडा नम्बर–७ का अध्यक्ष वसन्तराज दहारले बताए ।
वडाध्यक्ष दाहालका अनुसार स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शøयाको अस्पताल निर्माण गर्ने संघीय सरकारले निर्माण गरी नगरपालिकाको खातामा ३ करोड २३ लाख रूपैयाँ रकम पठाइसकेको अवस्थामा नगरपालिकाले आवश्यक प्रक्रिया अघि नबढाइदिँदा अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
सुनवल नगरपालिकाको कार्यपालिकामा बहुमतका आधारमा सुनवल–७ र ८ नम्बर वडामा बन्न लागेको अस्पताललाई सो स्थानमा नबनाई सुनवल–५ को बनकट्टीमा बनाउने निर्णय गरेपछि अस्पताल निर्माण विवादमा परेको हो ।
संघीय सरकारको प्राविधिक टोलीले अहिले स्वास्थ्यचौकी रहेको स्थानमै अस्पताल बनाउने गरी डिपिआरसमेत तयार भइसकेको अवस्थामा नगरपालिकाको अवज्ञाका कारण अस्पताल निर्माण कार्य सुरू हुन सकेको छैन ।
सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने भनी निर्णय आएको भए पनि स्थानीय सरकारले आफूहरुले निर्णय गरेको स्थानमा बनाउन पाउनुपर्ने भन्ने आसयका कारण नगरपालिकाको कार्यपालिकाको बैठकले सो स्वास्थ्यचौकी स्तरोन्नतिको अस्पताल अन्यत्र लैजाने निर्णय गरेपछि स्थानीयरुपमा विवाद सृजना भएको स्थानीयवासी बाबुराम पौडेलको भनाइ रहेको छ ।
संघीय सरकारले दिएको अस्पताल निर्माणको विषयमा नगर बैठकले स्पष्ट धारणा नबनाएको भन्दै सुनवल नगरपालिकाको नगरसभा सुनवल वडा नम्बर–७ र ८ सबै जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए । सुनवल–८ र सुनवल–५ को बनकट्टी दुवै स्थानमा अस्पताल निर्माण गरिने गरी नगरपालिकाले छिटै निर्णय गर्ने गरी आन्तरिक काम गरिरहेको सुनवल नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटाले बताए ।
Discussion about this post