रत्ननगर । नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् ।
किसान अगुवाहरुको रत्ननगरमा सम्पन्न भेलाले रामचन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गिरिधारी महतो, सचिवमा उप्रेन्द्रप्रसाद पोखरेल, सहसचिवमा इन्दिरा नेपाल र सदस्यमा चेतप्रसाद ढकाल, लालबहादुर श्रेष्ठ, राजु ढकाल, दुखना महतो, युवराज थापा, प्रेमबहादुर विक, अमरबहादुर श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले नगरभित्रका सम्पूर्ण किसानहरुलाई संगठनमा गोलबद्ध गर्दै कृषि उत्पादन वृद्धि तथा अनुदानका कार्यक्रममा किसानको पहुँच बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
Discussion about this post