खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको रुपमा खैरहनी नगरपालिका ८ स्थित पर्सा वजारमा आफ्नो शाखा विस्तार गरेको हो ।
विस्तारित शाखाको यही फागुन २० गते उद्घाटन गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पूर्वी चितवनका ग्राहकको मागबमोजिम पर्साबजारबाट सेवा प्रदान गर्न लागिएको फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर दिलिपकुमार तामाङ्गले जानकारी दिए । पर्सा शाखामा झन्डै एक करोडको लगानी गरिएको उनले बताए ।
विगत १० वर्षदेखि फेसबुक कम्प्युटर सप्लायर्सले नारायणगढबाट सेवा दिइरहेको छ । पर्सा शाखाबाट ल्यापटप, डेस्कटप, प्रिन्टर, सेक्युरिटी डिभाइस, सिसि क्यामेरा, मोबाइल बिक्री तथा मर्मत हुने फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर तामाङ्गले बताए । पर्सामा शाखा विस्तारपछि सेवाका लागि नारायणगढ धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको दाबी छ ।
फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लामा हालसम्म एक सयभन्दा बढी विभिन्न संघसंस्था, कार्यालय तथा स्कुल, कलेज, विश्वविद्यालय, सहकारी संस्था, वैंक, एनजियो, आइएनजियोलगायत व्यक्तिगतरुपमा पनि गुणस्तरीय सेवा र सुविधा दिइरहेको तामाङ्गले बताए ।
पर्सा शाखा उद्घाटनका अवसरमा पहिलो १० जना ग्राहकलाई विषेश छूटको व्यवस्था रहेको सो अवसरमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा प्रोप्राइटर तामाङ्गले अनलाइनको माध्यमबाट पनि सेवा प्रदान गरिरहेको र पर्सा शाखाबाट पनि सो सुविधा प्रदान हुने वताए ।
Discussion about this post