ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

by केशव भट्टराई
२०७७ फाल्गुन १७, सोमबार १३:४८ गते
in समाज
0
आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम
2
SHARES
Share on FacebookShare on Twitter

चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, “राप्ती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ ।” पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन । राप्तीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उनले बताए । राप्ती नदीले बगाएर ल्याएका बालुवा तथा कङ्क्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ ।

उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भङ्गालामा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैँडा रमाउने गरेका छन् । पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाइएका पक्की संरचनाले गैँडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाइ छ । पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैँडा पश्चिम पुग्ने गरेका छन् । उनका अनुसार वर्षाको बाढीले बगाएर गैँडा पश्चिम क्षेत्रसमेत पुग्ने गरेका छन् ।

केही वर्षअघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पु¥याएका १० गैँडा जीवितै उद्धार गरी ल्याइएको थियो । अझै केही गैँडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ । यसरी नै वर्षात्को समयमा पूर्वका गैँडा बगाएर पश्चिम पु¥याउने गर्दछ । त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैँडा पश्चिममै बस्ने गरेका छन् । कतिपय गैँडा आफैँ पनि पश्चिमतर्फ जाने गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ । पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिइएको छ । उनले चैतमा गैँडा गणनापछि आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले भने, “पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ ।” पश्चिममा बासस्थान सानो र गैँडाको सङ्ख्या धेरै भएको उनको भनाइ छ । एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर मर्नेक्रम भने बढेर गएको छ । प्राकृतिक कारणबाट मरेकामध्ये धेरै गैँडा पश्चिमी क्षेत्रमा रहेको उनको भनाइ छ । मरेकामध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन् । चोरी शिकारीसमेत पश्चिममा बढी हुने गरेको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ९२ गैँडा मरेका छन् । तीमध्ये ८८ कालगतिले मरेका हुन् । चार चोरी शिकारीले मारेका छन् । कालगतिले मर्ने गैँडा एकापसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भइरहेको बताए । गैँडा गणनापछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उनले बताए ।

पछिल्लो गणनाअनुसार देशैभर ६४५ गैँडा छन् । जसमध्ये यस निकुञ्जमा ६०५ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गैँडा गणनायता चितवनबाट चार गैँडा चीन सरकारलाई उपहार पठाइएको र शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ । गैँडालगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रित हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् । पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानीलगायतका स्थानमा पर्यटकको आगमन बढेको छ । यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाइने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन् ।

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In