रत्ननगर । रत्ननगरको उज्ज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सम्झना घिमिरे चयन भएकी छन् । संस्थाको साधारण सभा तथा अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चन्द्राकुमारी चौधरी, सचिवमा अम्बिका पुरी, कोषाध्यक्षमा रञ्जना अधिकारी, सहसचिवमा विमाया श्रेष्ठ र सदस्यहरुमा रेणु चौधरी, शान्ति चौधरी, जिरमती चौधरी, शकुन्तला भट्टराई, सावित्रा ढकाल, इन्दिरा अधिकारी चयन भएका छन् ।
अधिवेशनले लेखा समिति संयोजकमा उमा पौडेल सुवेदी, जानकी अर्याल र मन्जु पौडेललाई सदस्यमा चयन गरेको छ । नयाँ कार्यसमितिलाई पद हस्तान्तरण तथा प्रमाणपत्रसमेत वितरण गरिएको छ । निवर्तमान अध्यक्ष ऋतु गिरीले नवनिर्वाचित अध्यक्ष घिमिरेलाई पद हस्तान्तरण गरेकी थिइन् । साधारण सभा तथा अधिवेशन गिरीको अध्यक्षतामा भएको थियो ।
Discussion about this post