धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ७ मछेडीखोलास्थित पृथ्वीराजमार्गमा आइतबार बिहान दुई वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखाका लागि छुटेको ना ५ ख ५०७० नम्बरको बस र सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ ख ४४९१ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर दुवै बसका चालकसहित केही यात्रु घाइते भए पनि उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु सबैको गल्छीस्थित निजी अस्पतालमा उपचार गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाइतेहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post