ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माडीमा सयौं घर डुबानमा

by चितवन पोष्ट
२०७१ असार ३१, मंगलवार १२:२२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी । माडी क्षेत्रमा आएको भारी वर्षाले त्यस भेगका सयौं घर डुबानमा पारेको छ । बाढीले माडीका विभिन्न गाउँका ६५० भन्दा बढी घरहरु डुबानमा पारेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । आइतबार जिल्ला विकास समिति र विपद् व्यवस्थापन समितिले सो क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । बाढीको प्रारम्भिक विवरण आए पनि पूर्ण विवरण आउन भने केही दिन लाग्ने जिविसका प्रकोप व्यवस्थापनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिनुभयो ।
अनुगमन टोलीले घरहरुमा डुबान कायमै रहेको जनाएको छ । शनिबार डुबानमा परेका क्षेत्रमा आइतबार बिहान आएको बाढी फेरि पसेर थप एकसय घर डुबाएको थियो ।
गर्दी गाविसमा ३०० घर, बघौडा गाविसमा ३०० तथा कल्याणपुर र बसन्तपुर क्षेत्रका ५० घर डुबेको जिविस प्रकोप व्यवस्थापन स्रोतव्यक्ति  लुइँटेलले बताउनुभयो ।
तीन गाविसका ३५० बिघा बढी धानखेतीमा बाढी पसेको छ । कल्याणपुरको पाँचघर र अन्य क्षेत्रका आठ गरी १३ घरमा घरभित्रै बाढी पसेर क्षति पु¥याएको स्थानीयले बताएका छन् । सिँचाइका लागि बनाइएको ७०० मिटर कुलोसमेत बगेको छ ।
त्यस्तै मगुई खोलाले गर्दी–५ को बैराठ, लौगाई, जीवनपुर र भैरवपुरमा लगाएको डेढसय बिघा धानखेतीमा बाढी पसेको स्थानीय मधुसूदन सुवेदीले बताउनुभयो । वनकट्टास्थित रिउ नदीमा हालेको पुलनजिकैकौ करिब १२ मिटर सडक बाढीले बगाएको छ । २६० मिटर कच्ची सडक पनि क्षतिग्रस्त बनेको छ ।
बाँदरमुढे खोलाले पनि केही क्षति पु¥याएको स्थानीयले बताएका छन् । गर्दीकै लौगाई, नयाँ पर्सामा मात्रै १६३ घर डुबानमा परेको छ । बनकट्टा र चन्द्रपुरीमा १७ घर डुबेको छ ।
कल्याणपुर–४ मा चन्द्रे खोलामा आएको बाढीले ७१ घरको ६४ बिघामा लगाएको धानखेतीमा क्षति पु¥याएको छ । त्यसमध्येको १३ बिघा बगरमै परिणत गरिदिएको छ । पाँच घरमा मझेरीभन्दा एक फिटजति माथि बालुवा थुप्रिएको छ भने ती घरका बासिन्दाको बिचल्ली भएको छ यसअघि माडीको बाँदरमुढे खोलामा आएको बाढीले माडीमा आइतबार ६० वर्षीया इशारा विकको मृत्युभएको छ ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In