ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तपाईंको सबैभन्दा ठूलो क्षमता !

-प्रेम रावत

by केशव भट्टराई
२०७७ फाल्गुन १६, आईतवार ०९:३८ गते
in विचार
0
धर्म जीवनको खोज हो
10
SHARES
Share on FacebookShare on Twitter

मानिससँग भएको क्षमता के हो ? जुन तपाईंले पाउनु भएको मानिसको शरीर, मानिसको जीवन छ– यसमा यो आफ्नो जीवनलाई सफल बनाउन सक्ने क्षमता छ । एकातिर प्रविधि छ ः फोन छ, सेटलाइट फोन छ । मानिस जहाँसुकै होऊन्, त्यसबाट कुरा गर्न सक्दछन् । ठूला–ठूला भवनहरु छन्, कारहरु छन्, जहाजहरु छन् । कम्प्युटर छन् । तर, ती कुनै पनि चीजले शान्ति प्रदान गर्न सक्दैन । किनभने, यदि ती सबै चीजहरुले शान्ति हुन्थ्यो भने अहिले संसारका सबै ठाउँ शान्तिमय भइसक्नुपथ्र्यो ।

तपाईंले यदि कुनै भान्सेको अघि भएको टेबुलमाथि भिन्डी राखिदिनु भयो भने त्यस भिन्डीलाई देख्ने बित्तिकै उनले सोच्छन्, “यसको म तरकारी पकाउँछु ।” जसलाई खाना पकाउन आउँदैन, उसले त्यसलाई देखेर यो सोच्छ, “कसैले यो भिन्डीको तरकारी पकायो भने मैले खान पाउँछु ।” जुन हाम्रो हेर्ने दृष्टिकोण छ, त्यसैअनुसार हामी चीजहरुलाई हेर्दर्छौँ । सृष्टिकर्ताले त त्यही रूपमा हामीलाई बनाए किनभने हामीभित्र एउटा क्षमता छ, एउटा शक्ति छ । त्यसलाई हामी भुल्छौँ । त्यस क्षमतालाई हामी प्रयोग नै गर्दैनौँ । हामीसँग जुन बुझ्न सक्ने क्षमता छ त्यहीअनुसार हामी बुझ्ने कोसिस गर्दछौँ । कसैसँग कुनै क्षमता छ भने उसले आफ्नो त्यही क्षमतालाई प्रयोग गर्दछ । कसैलाई कम्प्युटर चलाउने ज्ञान छ त कसैसँग कार चलाउने सीप छ । तर, यस्तो कुन चीज होला, जुन हामी सबैभित्र छ ?

हामीलाई मानिसको शरीर प्राप्त भएको छ । यसबाट हामी के गर्न सक्छौँ ? यो हामीले किन पायौँ त ? त्यो लक्ष्यलाई बुझ्नुहोस्, जसका लागि यो जीवनलाई पाएका छौँ ।

एक पटकको कुरा हो । एउटा गाउँमा तीन भाइ छोराहरु आफ्ना आमाबाबुसँगै बस्थे । तिनका बाबुआमाहरु बितेपछि तीनै भाइहरुले सल्लाह गरे– “अब के गर्ने होला ?” तिनीहरु तीनै जनाले फरक–फरक दिशामा गएर काम गर्ने विचार राखे । आफ्नो भाग्यअनुसार जस्तो हुन्छ त्यही गर्ने भन्ने निर्णय पनि भयो । अलिअलि उनीहरुको खेती थियो । जमिन र एउटा घर थियो । जे–जे उनीहरुसँग थियो, सबैलाई बेचेर सुन किने अनि त्यसलाई तीन भाग लगाएर बाँडे । सल्लाहबमोजिम तीनैजना हिँड्ने भए । पाँच वर्षपछि यही ठाउँमा भेट्ने है भनेर निधो पनि गरे । त्यसपछि आफ्नो–आफ्नो भाग्यलाई हेरौँला भनेर तीनै जना आ–आफ्नो दिशालाई पक्रेर बाटो लागे ।

एक भाइचाहिँ भक्तिभाव भएका व्यक्ति थिए । उनले आफ्नो कुटीमा एउटा सानो मन्दिर बनाएर त्यसमा सुनलाई सजाएर राखे । दिनदिनै त्यसको पूजा गर्दथे । भजन–किर्तन गर्ने गर्दथे । त्यसमा प्रसाद चढाउँथे । उनले सुनलाई दिनदिनै प्रार्थना गरेर भन्दथे, “हे सुन ! तिमीसँग यस्तो शक्ति छ, तिमी मेरो दरिद्रतालाई भगाउन सक्छौ ।” उनको अवस्था भने दिनदिनै बेहाल भइरहेको थियो । उनीसँग लगाउने लुगा पनि थिएन । उनले भिख मागेर खानाको प्रबन्ध गर्नु परिरहेको थियो । तर पनि, उनले सुनलाई अति श्रद्धापूर्वक भक्ति गरिरहन्थे ।

अर्को भाइ लेखक थिए । उनले एउटा दराज बनाएर त्यसमा सुनलाई राखे । अनि, सुनका बारेमा किताब लेख्न सुरु गरे– “सुन कति राम्रो हुन्छ ! सुनबाट मानिसले के–के मात्र पाउँदैन र ? सुनबाट के–के सम्भव हुँदैन ? सुन त भगवान्को अद्भुत देन हो ! यसमा मेरो दरिद्रतालाई हटाउन सक्ने क्षमता छ ।” उनले सुनका बारेमा ठूला–ठूला किताब लेख्न सुरु गरे । उनको पनि त्यही हालत भयो । लाउनका लागि लुगा भएन । खानका लागि भिख माग्नु पर्ने भयो तर उनी किताब लेख्नमै मस्त थिए ।

तेस्रो भाइ पनि अर्कै दिशातर्फ गएका थिए । उनले यसो सोचे, यो सुनलाई राखेर के फाइदा ? उनले सुनलाई बेचिदिए । सुन बेचेर प्राप्त भएको पैसाबाट एउटा ठूलो खेत किने । खेतीका लागि गोरु र हलो किने । त्यसपछि उनले आफ्नो खेतमा खुब मिहिनेत गरे । अन्नबाली पाकेपछि उनले आपूmलाई चाहिने जति अन्न राखेर बाँकीलाई बेचिदिन्थे । यस्तो गर्दागर्दै ती भाइ भने निकै धनी भए । उनले आफ्ना लागि एउटा नयाँ घर किने । नयाँ कार, नयाँ–नयाँ कपडा किने । खानपिनका लागि पनि मीठा–मीठा चीज किन्थे ।

पाँच वर्ष बित्यो । तीनैजना दाजुभाइहरुलाई बाचाअनुरूप एकपल्ट भेट्ने मन भयो । सबैजना के कस्ता भइयो त भनेर तोकिएको ठाउँमा भेला भए ।

पहिलो भाइ– उनको लुगा फाटेको अनि टालेको देखिन्छ । कमजोर देखिन्छ । कपाल पनि लामो–लामो छ ! आफ्नो हातमा ‘सुन, सुन !’ भनेर लेखेका । सुनकै भजन गाइरहेका थिए, “सुन तिमी कति शक्तिशाली छौ, कति बलवान् छौ !”

पहिलो भाइसँग कुरा भयो, “भाइ तिमीले के ग¥यौ ?”

उनले भने, “मैले त मेरो सुन राख्नलाई एउटा सुन्दर मन्दिर बनाएँ । त्यस मन्दिरमा सुनलाई राखेर म त दिनदिनै पूजा गर्छु । मलाई त विश्वास छ, एक न एक दिन मेरो सुनले मेरो दरिद्रतालाई हटाउनेछ ।”

दोस्रोचाहिँ भाइको पनि हालत त उस्तै थियो । पुरानो फाटेको कपडा, हातमा किताब बोकेका ! उनले भने, “मैले त एकदमै राम्रो दराज बनाएर त्यसमै सुन राखेको छु । मैले यो सुनका बारेमा धेरै किताब लेखेँ । मलाई त पूरा विश्वास छ– एक न एक दिन मेरो सुनले मेरो दरिद्रतालाई अवश्य हटाउनेछ ।

दुवै भाइपछि अब तेस्रोचाहिँ भाइलाई सोधे, “तिमीले सुनलाई के ग¥यौ ?”

उनले भने, “मैले त पहिलो दिनमै आपूmले पाएको सुनलाई बेचिदिएँ ।” दुवै भाइ एकदम आश्चर्यचकित भएर भने, “बे..चि..दि..यौ !”

उनले भने, “हो ! मैले त बेचिदिएँ । त्यसबाट मलाई जुन पैसा प्राप्त भयो, त्यसबाट मैले जमिन किनेँ । घर बनाएँ । मेरो त दरिद्रता हटिसक्यो । मसँग त सबैथोक छ । त्यो सुनमा दरिद्रता हटाउने क्षमता थियो र मैले आफ्नो दरिद्रतालाई भगाएँ ।”

त्यसैगरी, मानिसको जीवन पनि एउटा सुनजस्तै हो । तर, समय रहँदै हामी यसलाई कदर गर्न जान्दैनौँ । हामी आफ्नो भाग्य खुल्ने पर्खाइमा रहन्छौँ । कोही आउँछ र हाम्रो भाग्य खोलिदिन्छ भन्ने सोच्छौँ । यही पर्खाइमा हामी पूरै जीवनलाई खेर फाल्छौँ । यो मानिसको जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कुराका बारेमा हामी कहिल्यै सोच्दैनौँ ।

तपाईंको श्वास आइरहेको छ र गइरहेको छ । तपाईं जीवित हुनुको प्रमाण नै यही हो । यो सृष्टिकर्ताको कृपा हो र उनी तपाईंभित्र छन् । जबसम्म तपाईंमा यो कृपा रहन्छ तपाईं जीवित हुनुहुन्छ, जुन दिन यो कृपा समाप्त हुन्छ त्यस दिनबाट केही पनि रहँदैन । जस्तो : औँठी हुन्छ । औँठी त एउटा बट्टामा किनिन्छ । औँठीलाई त्यो बट्टामा राखुन्जेलसम्म त्यस बट्टाको खुब जतन गरिन्छ । त्यो औँठीलाई बट्टाबाट निकालेपछि त्यो बट्टाको कुनै मूल्य नै रहँदैन । त्यसैगरी, मानिसको शरीर पनि एउटा बट्टाजस्तै हो । जबसम्म बट्टारूपी मानिसको शरीरमा श्वास आउने र जाने क्रम रहन्छ, यो बट्टा बहुमूल्य हुन्छ । जुन दिन यसमा श्वास आउन जान बन्द हुन्छ, यो बट्टाको पनि कुनै मूल्य हुँदैन ।

तर, जबसम्म यसमा श्वास आइरहन्छ, गइरहन्छ तबसम्म यस बट्टाको मूल्य त्यत्तिकै हुन्छ जसरी त्यो औँठीको मूल्य रहन्छ । जीवनरूपी यस उपहारलाई खेर जान नदिनुहोस् । आफ्नो हृदयको तिर्खालाई मेटाउनुहोस्, जुन तपाईंको हृदयले प्रत्येक श्वास सँगसँगै तपाईंलाई भनिरहेको छ ! आफूभित्र रहेको परम् शक्तिलाई चिन्नुहोस् । त्यो परम् शान्तिको अनुभव गर्नुहोस् जसलाई पाएपछि कुनै सुख र आनन्दको इच्छा रहँदैन ।

तपाईंमा पनि यो जीवनलाई सदुपयोग गर्न सक्ने सामथ्र्य छ । अनि, आफ्नो जीवनलाई सुख र आनन्दद्वारा भर्न सक्नुहुन्छ । प्रत्येक व्यक्तिमा यो क्षमता हुन्छ । जबसम्म तपाईं जीवित हुनुहुन्छ, तपाईं आफ्नो जीवनमा त्यस श्वासरूपी चीजको अनुभव गर्न सक्नुहुन्छ । जुन तपाईंलाई अर्को पटक प्राप्त हुँदैन । यसको अनुभवमा साँचो सुख र आनन्द छ । यदि तपाईंले साँचो सुख र आनन्दको अनुभूति गर्नुभयो भने तपाईंको जीवन सफल हुनेछ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In