पटिहानी । चितवनका युवाहरुले स्वदेशमै बसेर रोजगारी गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् । युवा जनशक्ति रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको भन्दै स्वदेशमै बसेर रोजगारीको वातावरण सिर्जना गर्न माग गरेका हुन् ।
युवा सूचना केन्द्र चितवन, पटिहानी गाउ“ विकास समितिको सहयोगमा पटिहानी खेलकुद परिषद्ले सोमबार आयोजना गरेको युवा अभिमुखीकरण कार्यक्रममा बोल्दै युवाहरुले यस्तो माग गरेका हुन् । उनीहरुलाई युवाहरुलाई व्यावसायिक बनाउन सीपमूलक तालिमको व्यवस्था गनुपर्ने बताएका छन् ।
कार्यक्रममा युवाहरुलाई जिल्ला खेलकुद विकास समितिको गतिविधि, युवा सूचना केन्द्रको बारेमा जानकारी गराइएको थियो । युवा सूचना केन्द्रका अध्यक्ष रामजी ढकालको प्रमुख आतिथ्यता एवं परिषद्का अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालीका कांग्रेसका प्रतिनिधि अपिल घिमिरे, एमाओवादी पटिहानीका अध्यक्ष प्रकाश दवाडी, नेकपा–माओवादीका सचिव धर्म विकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post