चितवन १५ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेकोले अब पहिले जसरी नै संसद् चल्ने बताएका हुन्। ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ,’ उनले भने, ‘अब दलहरुबीच छलफल र समझदारी हुन्छ।’
राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ। राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनले बताए। ‘मैले सहजीकरण गर्ने छु। राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन,’ उनले भने। संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए। – रासस
Discussion about this post