चितवन । चितवन भेटेरान क्लबको आयोजनामा भरतपुरमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ। प्रतियोगिताको उपाधीका लागि आज बुटवल उपमहानगरपालिका भेटेरान बुटवल र कालभैरव भेटेरान हेटौंडा आमुनेसामुने हुँदैछन्। खेल दिउँसो २ बजे भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा हुनेछ।
बुटवल सेमिफाइनलमा कैलाली भेटेरानलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। उता हेटौंडाले भने चावहिल भेटेरान काठमाडौंलाई समान २–० ले नै पराजित गर्दै बुटवलसँगको उपाधी भिडन्त पक्का गरेको हो। दुबै टिमले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै विभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको प्राप्त गर्नेछन्।
Discussion about this post