ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

by केशव भट्टराई
२०७७ फाल्गुन १३, बिहीबार १९:०७ गते
in खेलकुद
0
चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा
1
SHARES
Share on FacebookShare on Twitter

चितवन । भरतपुरमा जारी दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । यससँगै प्रतियोगिताको सेमीफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ ।

बिहीबार सम्पन्न खेलमा जीत हात पार्दै कालभैरव भेटेरान हेटौँडा, कैलाली भेटेरान, बुटवल उपमहानगरपालिका भेटेरान र चावहिल भेटेरान काठमाडौँ सेमीफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा काल भैरहवा हेटौँडाले चितवन भेटेरान निलोलाई २–१ ले पराजित ग¥यो । खेलमा अग्रता भने चितवन निलोले लिएको थियो । खेलको सातौँ मिनेटमा रमेश थापाले गोल गर्दै चितवनलाई अग्रता दिलाए । ११ औँ मिनेटमा हेटौँडा खेलमा फर्कियो । १९ औँ मिनेटमा सुन्दर गोल गर्दै हेटौँडाले २–१ को अग्रता लियो । बाँकी समयमा थप गोल हुन सकेन र हेटौँडा विजयी भयो ।

फाइनल प्रवेशका लागि हेटौँडाले शुक्रबार चावहिल काठमाडौँको सामना गर्नेछ । चावहिलले बिहीबारको अन्तिम खेलमा देहरादुन भेटेरान भारतलाई २–१ ले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको हो । खेलमा अग्रता भने देहरादुनले लिएको थियो । १५ औँ मिनेटमा प्राप्त फ्रि किकलाई गोलमा परिणत गराउँदै देहरादुनले अग्रता बनाएको थियो । २१ औँ मिनेटमा निमा लामाले गोल गर्दै चावहिललाई खेलमा फर्काए । त्यसको दुई मिनेटलगत्तै दोस्रो गोल गर्दै चावहिलले २–१ को जीत सुनिश्चित गरेको हो ।

बिहीबारको दोस्रो खेलमा चितवन भेटेरान रातोलाई पराजीत गर्दै कैलाली भेटेरानले सेमीफाइनलमा स्थान बनाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा कैलालीले चितवन रातोलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी तथा टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो ।

फाइनल प्रवेशका लागि कैलालीले बुटवलको सामना गर्नेछ । बुटवलले बिहीबार सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लब (एमएमसी)आई एक्स भेटेरानलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो । बुटवलले क्वाटरफाइनलमा मनाङलाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । २७ औँ मिनेटमा बुटवलले खेलमा अग्रता लिएको थियो । ४७ औँ मिनेटमा मनाङले बराबरी गोल फर्कायो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार फाइनल प्रवेशका लागि खेलहरु हुनेछन् । पहिलो खेलमा दिउँसो २ बजे बुटवल र कैलाली तथा दोस्रो खेलमा दिउँसो ३ः३० बजे कालभैरव हेटौँडा र चावहिल काठमाडौं भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

चितवन भेटेरान क्लबले आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Related Posts

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

रत्ननगरमा राष्ट्रपति रनिङशिल्ड सुरु

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकप फुटबलको उपाधि

अफ्रिकन रूट्सलाई विजय खड्गी स्मृति गोल्डकपको उपाधि

बागमतीलाई हराउँदै एआरए क्यामरुन फाइनलमा

बागमतीलाई हराउँदै एआरए क्यामरुन फाइनलमा

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In