ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सहकारी र समूह ऋणको मूल स्रोत

by चितवन पोष्ट
२०७१ असार ३०, सोमबार ०५:५५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी
भरतपुर । कृषकहरु आफ्नो व्यवसाय संचालनका लागि सहकारी र समूहबाट ऋण लिने गरेको पाइएको छ । २०६८ सालको कृषि गणनाको नतिजाअनुसार चितवन जिल्लाका किसानहरु ठूला बैंक र वित्तीय संस्थाभन्दा पनि गाउँघरमै उपलब्ध सहकारी र समूहबाट ऋण लिएको देखिन्छ ।
जिल्ला तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार सबैभन्दा बढी महिला समूहबाट ऋण लिने गरेको पाइएको छ । ऋण लिएको स्रोतहरुमा सहकारी, कृषि विकास बैंक, कमर्सियल बैंक, कृषक समूह, महिला समूह, नातेदार रहेका छन् ।
चितवनमा विसं २०५८ मा कुल किसान परिवार संख्या ७१ हजार ४२९ रहेकोमा विसं २०६८ सम्म आइपुग्दा यो संख्या बढेर ८८ हजार २४२ पुगेको छ । कुल १६ हजार ५१२ किसानले ऋण लिएकोमा सबैभन्दा बढी महिला समूहबाट ऋण लिने किसानहरु रहेका छन् ।
ऋण लिने किसान विसं २०५८ मा जम्मा १४ हजार २६४ रहेका थिए । ऋणको मूल स्रोत महिला समूह रहेकोमा दोस्रो मूल स्रोतमा सहकारी र तेस्रोमा नातेदार रहेका छन् । यसरी हेर्दा किसानहरु नातेदार भन्दा पनि गाउँका समूह र सहकारीबाट ऋण लिन इच्छुक रहेको देखिन्छ ।
मूल स्रोत महिला समूहबाट चार हजार ८५ जनाले ऋण लिएको तथ्याङ्कले देखाएको छ । त्यसपछि सहकारीबाट तीन हजार ४४० र नातेदारबाट दुई हजार ६२३ जनाले ऋण लिई आफ्नो कृषि व्यवसाय संचालन गरेको देखिन्छ ।
कृषि पेसा प्रबद्र्धनमा खुलेको कृषि विकास बैंकबाट जम्मा दुई हजार ३२२ किसानले ऋण लिएको पाइन्छ । त्यस्तै किसानहरु नै मिलेर स्थापना गरेको कृषक समूहबाट ऋण लिने किसानहरु जम्मा दुई हजार २७९ रहेका छन् ।
कमर्सियल बैंकहरुबाट जम्मा एक हजार २०४ जना कृषकले ऋण सुविधा लिएको तथ्याङ्कले देखाएको छ । अन्य स्रोतबाट ऋण लिने किसानहरुको संख्या जम्मा ५५९ रहेको छ । बैंकहरुले कृषि क्षेत्रमा लगानी गर्ने गरे पनि खास किसानहरु बैंकिङ ऋण पहुँचबाट टाढा रहेको पाइएको छ ।
३१ प्रतिशत किसानले ऋण आवश्यक रहेको बताएका छन् । ६९ प्रतिशतले ऋण आवश्यक नरहेको बताएका छन् । विसं २०५८ सालमा यो प्रतिशत जम्मा २२ रहेको थियो ।  १२ हजार ४७१ कृषक परिवारले पशुपंक्षीपालनमा ऋण लिन चाहेको तथ्याङ्कमा उल्लेख छ ।
तीन हजार १०६ ले मल र बीउ, दुई हजार ४०८ कृषि औजार, दुई हजार २३६ कृषक परिवारले सिंचाइका लागि ऋण लिन चाहेको उल्लेख छ । त्यस्तै माछापालनका लागि एक हजार ११८ कृषक परिवारले ऋण लिन चाहेको तथ्याङ्कमा उल्लेख छ । कृषि ऋण इच्छुक किसानहरु विसं २०५८ सालमा १६ हजार २३२ रहेकोमा २०६८ मा यो संख्या बढेर २७ हजार ३२० पुगेको छ ।

Related Posts

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In