ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

–सन्तोष पन्त

by गोविन्द अर्याल
२०७७ फाल्गुन १३, बिहीबार ११:०९ गते
in विचार
0
नवलपुरका फरार २३ अभियुक्त पक्राउ
1
SHARES
Share on FacebookShare on Twitter

अपराधरहित समाजको कल्पना हामी सबैको चाहना हो, तर समाज अपराधरहित हुन र रहिरहन प्रायः मुस्किल नै छ । अपराध नहोस् भन्ने चाहना राख्दाराख्दै, सोहीबमोजिमका कार्यहरु गर्दागर्दै पनि अपराध भइहालेमा सफल अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई सजाय गर्नु कानुनी राज्यको मर्म हो । अपराधको अनुसन्धान एक जटिल विषय हो । आवेशमा भए गरेका केही अपराधबाहेक प्रायः गरी अपराध गर्ने व्यक्तिले योजनाबद्ध ढङ्गले अपराधकर्म गर्दछ र आफूविरूद्ध लाग्ने सबै प्रमाणहरु मेटाउने प्रयत्न गरेको हुन्छ । प्रख्यात अपराधशास्त्री एडमन्ड लोकार्डोले स्थापित गरेको सम्पर्क र विनिमयको सिद्धान्तबमोजिम अपराधीले कुनै न कुनै सबुद घटनास्थलमा छोडेको हुन्छ र कुनै न कुनै सबुद घटनास्थलबाट आफूसँगै लगेको पनि हुन्छ ।

यही सिद्धान्तलाई आत्मसात् गर्दै सफल अनुसन्धानकर्मीले घटनास्थलबाट अपराधसँग सम्बन्धित सबुदहरु संकलन गर्दछन् र पुष्ट्याइँ गरी अपराध र अपराधी स्थापित गर्दछन् । तसर्थ, यथासम्भव छिटो अनुसन्धान गर्ने प्रहरीलाई अपराधका सम्बन्धमा खबर गर्ने र घटनास्थल सुरक्षित राखी प्रहरीको जिम्मा लगाउने कुरा हामी सबैले कहिल्यै बिर्सन नहुने कुरा हुन् । अनुसन्धान प्रक्रिया परिवर्तनशील विषय हो, समयअनुसार फरक–फरक ढङ्गले अनुसन्धान गर्नुपर्दछ । तैपनि, सफल अनुसन्धानको जगलाई तीनवटा आँखा भनेर भन्ने पनि गरिन्छ र यी आँखालाई स्पष्ट देखाउन आमनागरिकको अहं भूमिका हुन्छ ।

(क) सूचना
अपराध नियन्त्रण तथा अनुसन्धानको पहिलो आँखा सूचना हो । प्रहरी कर्मचारी कत्तिको सफल हुन सक्दछ भन्ने कुरा सूचना संकलन गर्न सक्ने क्षमतामा नै धेरै हदसम्म भर पर्दछ । कुनै पनि अपराधको रोकथामलाई होस् वा अपराध अनुसन्धान कार्यलाई होस्, सूचनाकै आधारमा प्रहरीले सफलता प्राप्त गर्ने कुरा निर्भर गर्दछ । समाचार, सूचना वा खबर भन्नु कुनै पनि प्रहरीका आँखा, कानजस्ता मह¤वपूर्ण अङ्ग हुन् । यसैको आधारमा प्रहरीका शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानका कार्यहरु गाइड हुन्छन् । सूचनाले गलत दिशानिर्देश गरेमा प्रहरीको हिँड्ने बाटो नै गलत बन्न सक्छ र परिणाम पनि गलत नै बन्छ । अपराध नियन्त्रण गर्ने सवालमा अपराधको योजना बनेको, अपराध गर्ने वातावरण बनेको आदि बारेमा समयमै जानकारी प्राप्त गरेमा प्रहरीले त्यस्ता सम्भाव्य अपराधका घटनालाई आफ्नो विवेकपूर्ण परिचालनबाट निष्क्रिय बनाउन सक्छ भने अकस्मात् अपराध भइहालेमा पनि अपराधी पक्राउ गर्ने र सबुद प्रमाणसहित अदालतमा उभ्याउने कुरामा कुनै शङ्का रहँदैन ।

सूचनाका कुरा गर्दा प्रहरीसँग नजिक हुन चाहने व्यक्तिहरु, कुनै सूचनाबापत केही लाभ लिन चाहने व्यक्तिहरु, बदलाको भावनाले प्रेरित व्यक्तिहरु, पहिले अपराध गरिसकेका व्यक्तिहरु, आपराधिक समूहको धम्कीबाट आजित भएका व्यक्तिहरु, एकअर्का अपराधी समूहबाट ईष्र्या गर्ने व्यक्तिहरु, अपराधमा संलग्न भएता पनि निर्दोष बन्न खोज्ने व्यक्तिहरु, आपराधिक समूहबाट अलग हुन/छुट्टिन चाहने व्यक्तिहरु र आपूmले गरेको अपराधको प्रायश्चित्त गर्न खोज्ने व्यक्तिहरु जोसुकैले पनि प्रहरीलाई सूचना दिन सक्छन्, तर यस्ता सूचनाहरु त्यत्ति भरपर्दा र नियमित हुँदैनन् । प्रहरीलाई त समाजमा अपराध नहोस् भन्ने चाहने सचेत नागरिकहरुले सूचना दिनुपर्दछ, दिइरहनुपर्छ जुन सूचनामा कुनै पनि आग्रह–पूर्वाग्रह, लाभ–हानि हुँदैन । विशुद्ध समाजमा अपराध नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित हुन्छन् र शतप्रतिशत सत्य हुन्छन् । त्यस्ता सूचनाले मात्र प्रहरीलाई गलत बाटोमा हिँड्नबाट रोक्दछ, चाहेर पनि गलत बाटोमा हिँड्न नसक्ने गरी बाँधेर सही बाटोमा डो¥याउँछ । सही बाटोमा पाइला राख्नासाथ सही गन्तव्यमा पुगिन्छ र अपराध नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम हुन्छ । तर, सूचनाको गोपनीयता र सूचनादाताको सुरक्षाका सवालमा प्रहरी संगठन तथा प्रहरी कर्मचारीहरु सदा सचेत रहनुपर्दछ ।

व्यक्तिबाट प्राप्त भएको सूचनामात्रै पनि आजको युगमा अपर्याप्त हुन सक्छन्, तसर्थ अपराध र अपराधीका बारेमा जानकारी पाउन कुकुरको प्रयोग समेत अपरिहार्य देखिएको छ भने अपराध र अपराधीसँग सम्बन्धित सूचनाहरु संकलन गर्ने, रेकर्ड गर्ने खालका वैज्ञानिक उपकरणहरु समेत पर्याप्त मात्रामा रहनुपर्दछ । मानवले नै बनाएको प्रविधि भए पनि आममानवभन्दा प्रविधि अगाडि छ, तसर्थ अपराध नियन्त्रण र अनुसन्धानमा विधि–विज्ञानको समयसापेक्ष प्रयोग गर्न सरकार प्रतिबद्ध हुनुपर्दछ र आवश्यक व्यवस्थापन गर्न सक्नुपर्दछ । प्रहरीबाट सफल अनुसन्धानको आशा गर्ने तर प्रहरीलाई समयसापेक्ष कला, कौशलको विकास गर्ने व्यवस्था नगर्ने, आधुनिक विधि–विज्ञानको प्रयोग गर्ने वातावरण नदिने कार्य हातखुट्टा र जीउमा ढुङ्गा बाँधेर गहिरो पोखरीमा पौडी खेल्न लागाउनुसरह हो । यसमा सरकारलगायत सबैको ध्यान जानु अहिलेको आवश्यकता हो ।

(ख) अन्तर्वार्ता
अपराध अनुसन्धानको दोस्रो आँखा अन्तर्वार्ता हो । यसमा आपराधिक घटना घटेको सूचना प्राप्त गरेपछि अनुसन्धानकर्मीले अपराध, अपराधीका बारेमा सूचना संकलन गर्दै यो घटनाका सम्बन्धमा को कसलाई सोध्दा, बुझ्दा सही दिशानिर्देश हुन सक्छ वा अपराधीसम्म पुग्न सकिन्छ भन्नेसम्बन्धमा व्यक्तिको खोजी गर्न थाल्दछ । घटना भएको देख्ने, जान्ने, सुन्ने वा घटनाका बारेमा अनुमान गर्ने व्यक्तिहरुलाई प्रहरीले बुद्धिमत्तापूर्ण तवरले सोधपुछ गर्दछ । यस्तो सोधपुछमा व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदैन र अन्तर्वार्ता दिने व्यक्तिलाई पनि प्रहरीले मलाई शङ्का गरेर सोधेको त होइन, तर मेरो भनाइबाट अपराधीसम्म पुग्ने केही सुराक मिल्छ कि भनेर सोधेको हो भन्ने कुराको आभाष दिलाइन्छ । यस्तो अन्तर्वार्ता घटनाका बारेमा कुनै न कुनैरुपवाट जानकारी राख्ने व्यक्तिलाई प्रहरीले अनुरोध गरेर सोध्न सक्छ भने कतिपय घटनामा व्यक्तिहरुले स्वतःस्फूर्तरुपमा प्रहरीलाई अन्तर्वार्ता दिएर सहजीकरण गरिदिएका पनि हुन्छन् ।

समाजका अपराध नियन्त्रण होस्, शान्ति सुव्यवस्था कायम होस् र घटित अपराधको सफल अनुसन्धान होस् भन्ने चाहने जोकोहीले पनि प्रहरीलाई अपराध र अपराधीका बारेमा आफुले देखे, जाने, सुनेको र अनुमान गरेको व्यहोरा खुलाई दिनुपर्दछ । प्रहरीलाई घटनास्थलमा केही लेखाइदिएमा पटकपटक प्रहरी कार्यालयमा बोलाउँछ, अदालतमा समेत बयान दिन जानु पर्न सक्छ भनेर पन्छिन खोज्यौँ भने प्रायः कुनै पनि अपराधको सफल अनुसन्धान हुन सक्दैन । देशमा दण्डहीनता, मत्स्यन्याय बढेर जान्छ ।

जीउज्यान, धनसम्पत्ति, इज्जत प्रतिष्ठा कसैको पनि सुरक्षा हुन सक्दैन । तसर्थ, प्रहरीलाई सूचना दिने, भए गरेका कुराहरुबारे सोध्ने, अभिलेखबद्ध गर्ने वातावारण तयार गर्नु हामी सबै नागरिकको कर्तव्य हो भने नागरिकहरुलाई यस्ता अन्तर्वार्ताका क्रममा र पछि पनि कुनै शारीरिक, मानसिक कष्ट नहुने खालको सुरक्षित वातावरण तयार गर्नु र विश्वास कायम गराइराख्नु प्रहरीको कर्तव्य हो ।

(ग) केरकार, विशेष सोधपुछ
अपराध अनुसन्धानको तेस्रो आँखा केरकार तथा विशेष प्रकारको सोधपुछ हो । केरकार भन्ने शब्द प्रयोग गरेर इतिहासमा प्रहरीले आशङ्कित व्यक्तिलाई डरत्रास देखाउने वा बल प्रयोग गरेर अपराध कबुल गराउने गरेकोले आजकल प्रहरीले केरकार भन्ने शब्द प्रयोग गर्न छोडी अनुसन्धानात्मक अन्तर्वार्ता भनेर विशेष प्रकारले मानवअधिकारको संरक्षण गर्दै सोधपुछ गर्ने गरेको छ । प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा र प्रहरीले अन्तर्वार्ताका क्रममा प्राप्त गरेको अपराध र अपराधीबारेको जानकारीका आधारमा शङ्का लागेका व्यक्तिलाई आवश्यकताअनुसार तारेखमा राखेर वा अदालतबाट पक्राउ पुर्जी जारी गरेर वा जरूरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याई विशेष प्रकारले सोधपुछ गर्ने गर्दछन् । आशङ्कित व्यक्तिलाई घटनाका बारेमा विभिन्न तरिकाले सोधपुछ गरिन्छ भने आवश्यकताअनुसार पोलिग्राफ परीक्षणसमेत गरिन्छ ।

कुशल अनुसन्धानकर्मीहरुले आशङ्कित व्यक्तिको मुखाकृति, व्यवहार, भनाइमा आएको फरकपनालाई पटकपटक परीक्षण गर्दै धैर्यताका साथ सोधपुछ गरेर अनुसन्धानको दायरा साँघुरो बनाउँदै वास्तविकता के हो भन्ने पत्ता लगाउँछन् । घटनास्थलबाट प्राप्त विभिन्न प्रकारका सबुदहरु अभियुक्तलाई देखाएर यथासम्भव सबुदको आधारमा अभियुक्तबाट नै अपराधकर्मलाई स्वीकार गर्न बाध्य पार्दछन् भने पेसेवर अपराधीले अपराध स्वीकार नगरे पनि संकलित सबुदले निजले नै अपराध गरेको देखिन्छ भन्ने व्यहोराको रायसहितको प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमार्फत अदालतसमक्ष पेश गर्ने गर्दछन् । समाजका सचेत र जिम्मेवार नागरिकहरुले प्रहरीलाई विशेष सोधपुछ गर्न सहयोग गर्ने खालका सूचनाहरु उपलब्ध गराउन सकेको खण्डमा अपराधीले होइन, छैन, थिएन भन्ने अवस्थाको सृजना नै हुँदैन । जसबाट पीडितले न्याय र पीडकले सजाय पाउने कुराको ग्यारेन्टी हुन सक्छ ।

समयमा र यथार्थ सूचना नदिने, घटनास्थल भताभुङ्ग भएका कारण भौतिक सबुद पनि प्राप्त नहुने, अपराधको सूचना गरेपछि पीडित पक्ष पनि दबाब, प्रभावमा पर्ने वा मिलापत्रको मानसिकतामा हुने अनि अपराध अनुसन्धानमा विधि–विज्ञानको प्रयोग पनि हुन नसक्ने भएमा आपराधिक घटनाहरुको सफल अनुसन्धान हुन सक्दैन । तसर्थ, अनुसन्धानलाई कुन बाटोमा डो¥याउने भन्ने कुरा धेरै हदसम्म आमनागरिकमा भर पर्दछ । अनुसन्धानका तीन आँखाले सही देख्ने वातावरण बनाउन आमनागरिकको अहं भूमिका हुन्छ ।

हामीले अनुसन्धानमा लाग्ने वास्तविक समयसम्म धैर्यता गर्न सकेनौँ भने, कसैको दबाब, प्रभाव वा उक्साहटमा लाग्यौँ भने अनुसन्धान गलत दिशातर्फ मोडिन सक्छ र लामो समयसम्म वास्तविक अपराधी पत्ता नलाग्न पनि सक्छ । प्रहरीले पनि सूचना प्राप्त हुने विश्वसनीय आधार तयार गरी आमसर्वसाधारणको मन जित्न र प्रत्येक घटनामा संवेदनशील भई अनुसन्धान गर्दै व्यावसायिकता प्रदर्शन गर्नुपर्दछ । यसबाट मात्र शान्त समाजको कल्पना गर्न सकिन्छ ।

Related Posts

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

राजनीतिका कुरा र हामी

समस्या र स्वार्थ आआफ्नै

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In