भरतपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिले आज बिहीबार शिवप्रसाद पौडेलको हत्यामा आममाफी पाउनेहरुको विरोधमा सभा गर्ने भएको छ । भरतपुरको चौबीसकोठीमा बिहीबार बिहान ११ बजेको रक्तदान कार्यक्रमपछि विरोध सभा गर्न लागिएको संघका महासचिव सुबोध प्रधानले जानकारी दिए ।
विरोध सभामा प्रमुख वक्ताका रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्बोधन गर्ने छन् । तत्कादलीन नेपाल तरूण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा संलग्न तीन जनालाई प्रजातन्त्र दिवसको अवसर पारेर कैद मिनाहा गरी आममाफी दिइएको थियो ।
Discussion about this post