ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बजेटमा पर्यटनको योगदान

by चितवन पोष्ट
२०७१ असार ३०, सोमबार ०५:४८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

आर्थिक वर्ष ०७१÷०७२ को लागि आइतबार करिव सवा ६ अर्बको बजेट सार्वजनिक गरिएको छ । अर्थमन्त्री डा. रामशरण महतले संसदमा प्रस्तुत गरेको कूल बजेटको १४ प्रतिशत हिस्सा पर्यटन उद्योगले नै योगदान गरेको पाइएको छ । मुलुकको अर्थतन्त्रको मेरूदण्ड मानिने पर्यटन उद्योगले आर्थिक वर्ष ०७०÷७१ भित्र ४५ अर्ब ४६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गर्ने देखिएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म पर्यटन उद्योगबाट ३० अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ । यही स्थिति कायम रहेमा अर्थमन्त्रालयको सर्वेक्षणअनुरुप हुने देखिएको हो । पर्यटन उद्योगले आर्थिक वर्ष ०६८÷६९ मा ३० अर्ब ७० कराड बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । विगत एक दशकको पर्यटक आगमनलाई हेर्दा आशालाग्दो अवस्था देखिएको छ ।
हरेक वर्ष आठ लाखको संख्यामा पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये भारतबाट २३ प्रतिशत, चीनबाट ११ प्रतिशत, सार्क राष्ट्रहरु, अमेरिकन र युरोपेली मुलुकका रहेका छन् । आर्थिक आर्जनको अर्को पाटो भनेको हवाइ सेवा पनि हो । नियमित उडानबाट नेपाल भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाट प्राप्त हुने रकम पनि वार्षिक बजेटको राम्रो हिस्सा मान्न सकिन्छ । यस्ता कम्पनीको संख्या २९ पुगेको छ । तर, दुःखको कुरा नेपालमा आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान नगण्य छन् । भएका विमानहरु पनि अन्तर्राष्ट्रिय उडान भर्न सक्ने अवस्थामा छैनन् । चीनसँग सहुलियत ऋण तथा अनुदानबाट ल्याइएको एउटा जहाज पनि चरा ठोकिएर ग्राउण्डेड भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा ठूला जहाज र आन्तरिक उडानका लागि ६ वटा मझौला–साना जहाज सन् २०१५ भित्र अवतरण हुने भएको छ ।
सरकारले पर्वतारोहण गतिविधिबाट वार्षिक ३५ करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ११ करोड रुपैयाँ आम्दानी पर्वतारोहणमा बढेको छ । आरोहीको संख्या वर्सेनि करिव २ हजार ५ सय पुगेका छन् भने आरोहण दलको संख्यामात्र ३५२ पुगेका छन् । यसमा प्रत्यक्ष रुपमा करिव तीनहजारले रोजगारीसमेत पाएका छन् । बजेटको प्रमुख योगदान ठूला होटलले पनि दिएका छन् । आर्थिक वर्ष ०६९÷७० को पुससम्म तारे होटलको संख्या ११७ पुगिसकेको छ । तारेबाहेक पर्यटकीय स्तरका होटलहरुको संख्या एकहजार भन्दामाथि पुगिसकेका छन् । अघिल्लो आर्थिक वर्ष पर्यटक होटलको संख्या ७४६ थियो । पर्यटन, हवाइ सेवा र होटल नै बजेट निर्माणका लागि बलिया आधार भए पनि नेपालमा कुल बजेटको विकास खर्चमध्ये ६३ प्रतिशतमात्रै खर्च हुँदै आएको छ । विनियोजित बजेट खर्च हुन नसकेर फ्रिज हुने अवस्था आउनु दुर्भाग्य हो । नेपालमा पर्यटन उद्योगको सम्भाव्यता र योगदानको मूल्यांकन गरी यसमा थप लगानी गर्न सके यसले आगामी बजेटमा ठूलो टेवा पु¥याउने विश्वास गरिएको छ ।

Related Posts

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

जो बाइडनको कार्यकालबाट अपेक्षा

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

Chitwan Post

बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In