भरतपुर । सरकारी भरतपुर अस्पताल र सामाजिक संस्था युवा समाज नेपालबीच सम्झौता भएको छ । सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालन गर्नको लागि अस्पताल र युवा समाजबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा अस्पतालका मेसु बासुदेव पाण्डे र युवा समाज नेपालका कार्यकारी निर्देशक खगराज ओझाबीच हस्ताक्षर भएको हो ।
निर्देशक ओझाले सम्झौताअनुसार सामाजिक सेवा इकाइका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
Discussion about this post