चितवन । चितवन अटोमोबाइल्स एसोसिएसनको २८औँ स्थापना दिवसको उपलक्ष्यमा चितवन अटोमोबाइल्स एसोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहाकारी संस्था लि.को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँच महिलासहित ५८ जनाले रक्तदान गरेका छन् ।
चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष अमृत जोशीको अध्यक्षता, भरतपुर महानगरपालिका वडा नंं १० का वडाध्यक्ष तथा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारी प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चितवन अटोमोबाइल्स एसोसिएसनका संस्थापक अध्यक्ष निरकुमार पियाको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अटोमोबाइल्स बचत तथा ऋण सहाकारी संस्था लि.का अध्यक्ष भीमलाल न्यूरेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डे, चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनका उपाध्यक्ष गोपाल भट्टराई र चितवन अटोमोबाइल्स रिकन्डिसन व्यावसायी संघका उपाध्यक्ष दीपक खड्कका अतिथिको रुपमा उपस्थिति रहेका थिए ।
Discussion about this post