ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षयरोगका बिरामी खोज्दै

by केशव भट्टराई
२०७७ फाल्गुन ११, मंगलवार १५:०५ गते
in समाज
0
Chitwan Post
6
SHARES
Share on FacebookShare on Twitter

चितवन । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ ।

भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म १४४ जनाको परीक्षण गरेको छ । तीमध्ये आठ क्षयरोगका बिरामी भेटिएका छन् ।

संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष विभिन्न आठवटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । विभिन्न सङ्घसंस्था, सरोकारवाला, बिरामी, समुदायका मानिस, स्वास्थ्य आमा समूहलगायत लक्षित वर्गसम्म पुगेर रोगका बारेमा जानकारीसँगै जनचेतना फैलाउने काम भइरहेको छ ।

संस्थामा हाल २९ क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामीमध्ये सात जनालाई मल्ट्री ड्रग रेसिस्टेन्ट अर्थात् महङ्गो खालको औषधि खुवाएर उपचार गरिँदैछ । छ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु आठ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परीक्षण खर्च उपलब्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिए । उनीहरुलाई नौदेखि १८ महिना औषधि खुवाउनुपर्ने हुन्छ ।

सामान्य अवस्थाका बिरामीका लागि करिब रु छ हजार खर्च हुने गर्दछ । उनीहरुलाई छ महिनासम्म नियमित औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अङ्गमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग श्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अङ्गमा लागेका क्षयरोग सर्दैन ।

सङ्घले क्षयरोगका बिरामीको एचआइभी एड्स परीक्षण र एचआइभीका बिरामीको क्षयरोग परीक्षणसमेत गर्ने गर्दछ । न्यौपानेले भने, “सामाजिक व्यक्तिहरुको सहयोगका कारण समुदायमा बिरामी खोजेर उपचार गर्ने यो अभियानले निरन्तरता पाएको छ ।” उनको भनाइमा नेपालमा विसं २०१० मा स्थापना भएको यस संस्थाअन्तर्गतका शाखामा सामाजिक व्यक्ति रहेर समुदायमा सेवा गर्दै आएका छन् । यस संस्थाले विद्यालयमा जुनियर नाटा नामक समिति गठन गरी जनचेतनामूलक कार्यसमेत गर्ने गरेको छ ।

सो संस्था सञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षयकोष खडा गरिएको छ । संस्थाले विगत १० वर्षदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । यससँगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्वसभापति भीमराज पाठकले रु १५ लाख संस्थालाई उपलब्ध गराएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउँछन् । जनचेतनामार्फत शङ्कास्पदलाई परीक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउनेलगायतका काम संस्थाले गरिरहेको उनको भनाइ छ । कोरोना सङ्क्रमण शुरु भएलगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई सङ्गठित बनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमुना काम गरेको उनले जानकारी दिए । रासस

Related Posts

फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In