ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

-आचार्य लक्ष्मण भण्डारी

by केशव भट्टराई
२०७७ फाल्गुन ११, मंगलवार १३:३२ गते
in विचार
0
विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]
3
SHARES
Share on FacebookShare on Twitter

सामान्यतया विद्यालयमा आउने अभिभावकलाई सम्बोधन गर्दै हरेक शिक्षक र विद्यालय प्रशासकले भन्ने एउटै वाक्य हुन्छ, ‘विद्यालयमा त केवल १० देखि ४ बजेसम्म अर्थात् ६ घन्टा मात्रै बच्चा बस्छ, २४ घन्टाको बाँकी १८ घन्टा त घरमै उसको समय बित्छ, त्यसैले विद्यालयमा भन्दा घरमा नै धेरै ध्यान दिनुपर्ने हुन्छ । अभिभावक नै ज्यादा सचेत र सतर्क हुनुपर्दछ ।’ सरर हेर्दा यो भनाइ सत्य पनि हो, विद्यार्थीको अधिकांश समय घरमै बित्दछ, तथापि खासमा सिक्ने भनेको विद्यालयमै हो भन्ने कुरा झन् उत्तिकै मह¤वपूर्ण छ ।

अभिभावकले कति प्रयास गर्दागर्दै पनि बच्चाले नसिकेका वा नमानेका कुरा एउटा शिक्षकको सानो प्रयासमा सिकेका वा मानेका थुप्रै उदाहरण छन् । यसको आशय के हो भने सिक्ने, सिकाउने ठाउँ भनेको अन्ततः विद्यालय नै हो । अभिभावक, समाज, प्रकृति, इष्टमित्र, छरछिमेकी आदिइत्यादि पनि विद्यार्थीको सिकाइका स्रोत हुन्, तर शिक्षकजत्तिको प्रभावकारी ती हुन सक्दैनन् । बालबालिकाको मानसपटमा सिक्ने शिक्षकबाटै हो, हाम्रो सर र म्याडमले भनेको कुरा नै अन्तिम हो भन्ने कुरा गहिरोसित बसेको हुन्छ ।

माथिको सन्दर्भबाट हामीले विद्यालय नै सिकाइको सबैभन्दा उन्नत र अन्तिम स्थल भएको र शिक्षकशिक्षिका नै सिकाइका सबैभन्दा प्रभावकारी स्रोत भएको तथ्यबोध ग¥यौँ । निर्धारित विषयवस्तु सिकाइका कुरा मात्रै होइनन्, जीवनका अनौपचारिक विषयका कुरा सिकाउने सन्दर्भमा पनि आफूले पढाउने शिक्षक, शिक्षिकाले भनेका छन् भने त्यो ठीक हो भन्ने मान्यता बालबालिकामा रहेको हुन्छ । यसर्थ, एउटा बालकले वा बालिकाले जीवनको सर्वाङ्गीण क्षेत्रमा योग्य हुनका लागि आवश्यक प्रेरक परामर्श पनि विद्यालयमा पढाउने शिक्षकहरुबाटै पाउनुपर्ने त्यो प्रभावकारी हुने सत्य घामजत्तिकै छर्लङ्ग छ ।

त्यसोभए, कुनकुन त्यस्ता क्षेत्रहरु होलान्, जुन क्षेत्रमा हरेक शिक्षकले बालबालिकालाई लगातार सिकाइरहनुपर्ने, सम्झाइरहनुपर्ने र परामर्श प्रदान गरिरहनुपर्ने हुन्छ ? औपचारिक विषयमा बाहेक कुनकुन त्यस्ता अनौपचारिक तर निकै मह¤वपूर्ण क्षेत्रहरु छन्, जुन विद्यालयका शिक्षकबाट बालबालिकाले प्रभावकारी तरिकाले सिक्न, जान्न, बुझ्न र महसुस गर्न सक्छन् ? आउनुस्, तिनका बारेमा चर्चा गरौँ ।
१. पढाइलेखाइको मह¤व र आवश्यकता

विद्यालय धेरै कुरा सिकाउने ठाउँ त हो, तर पनि मूलतः निर्धारित विषयवस्तुलाई सिकाउने ठाउँ नै हो । विद्यालयमा सरकारले निर्धारण गरिदिएका विषयहरुलाई निश्चित समय, तालिका र संरचनामा शिक्षण गर्नुपर्ने हुन्छ । उसले परीक्षामा प्राप्त गर्ने नतिजा नै उसको पढाइलेखाइको अन्तिम मापनको आधार हो । तसर्थ, हरेक विद्यार्थीको पढाइलेखाइको कुरा सबैभन्दा पहिला आउँछ ।

बालबालिकाहरुलाई पटकपटकको परामर्शका माध्यमले पढाइ र लेखाइको मह¤व बोध गराउनु असल शिक्षकको अहं दायित्व हुन जान्छ । ‘हेर, जीवनमा पढाइको ठूलो मह¤व छ । सामान्य जीवन बाँच्न पनि नपढी नहुने भएको छ । कुनै पनि जागिर, पेसा वा व्यवसायका लागि पढाइ नभई हुँदैन । तसर्थ, पढाइलाई पहिलो मह¤व दिनुपर्दछ । समयमै नोट बनाउने, टिपोट गर्ने, अभ्यास गर्ने, पढ्ने, लेख्ने, दोहो¥याउने गरेर आफ्नो विषयवस्तुलाई दुरूस्त पार्नुपर्दछ । पढाइ ठूलो कुरा हो’ भन्ने तरिकाले बालबालिकालाई सम्झाइरहनुपर्ने हुन्छ ।

यो विषयको स्मरण गराउनका लागि जुनसुकै विषयका शिक्षक भए पनि हुन्छ । अथवा यसो भनौँ, कुनै पनि विषयका शिक्षकले सम्झाउन सक्ने र सम्झाउनुपर्ने विषय हो, यो । ‘कालो अक्षर भैँसीबराबर’ भन्ने त उखान नै छ । पढाइ यति आधारभूत विषय भयो कि यो त जसले पनि अनिवार्यरुपमा प्राप्त गरेकै हुन्छ । बालबालिकालाई सम्झाउनुपर्ने अनेक विषयमध्ये जीवनमा पढाइको औचित्य, आवश्यकता र मह¤वको कुुरा सबैभन्दा अगाडि आउँछ । हरेक असल शिक्षकले बालबालिकाले महसुस गर्ने गरी औपचारिक पढाइलेखाइको अपरिहार्यताका बारे परामर्श गर्नुपर्ने हुन्छ । यो विद्यार्थी परामर्शको पहिलो क्षेत्र हो ।

२. आत्मसंयम र अनुशासन

बालबालिकालाई बारम्बार सम्झाइरहनुपर्ने अर्को विषय हो, अनुशासन वा आत्मसंयम । आत्मसंयम भनेको आफूले आफूलाई संयम र नियन्त्रणमा राख्ने काम हो । अनुशासन भनेको पनि आफूले आफूलाई शासन गर्ने वा व्यवस्थापन गर्ने काम हो । अनुशासनको अर्थ केवल हातगोडा बाँधेर, मुख थुनेर, कुखुराको माउ ओथारो बसेजसरी बस्नु भन्ने कदाचित् होइन ।

सामान्यतया हाम्रा बालबालिकाले अनुशासन भनेर शिक्षक, शिक्षिकाले भनेपछि मान्ने, उहाँको अगाडि असल बन्ने, बदमासी नगर्ने, मौन बस्ने, नबोल्ने भन्ने ठान्छन् र हामी अधिकांशको मान्यता पनि यही नै रहेको देखिन्छ । तर, अनुशासन भनेको आफूले भनेअुसार आफूलाई नैतिक मूल्य र नियममा अभ्यस्त तुल्याउनु हो । कक्षामा शिक्षक हुँदा कत्ति पनि हल्ला नगर्ने, ज्ञानी भएर बस्ने, शिक्षकले भनेको सबै कुरा जस्ताको त्यस्तै मान्ने तर शिक्षक अनुपस्थित हुनासाथ बदमासीको हद पार गर्ने विद्यार्थीलाई अनुशासित भनेर भन्न सकिँदैन ।

अर्काको अगाडि निकै सभ्य बन्ने तर पछाडि भयानक असभ्यता प्रकट गर्ने कामलाई अनुशासन भन्न सकिँदैन, न त त्यो आत्मसंयम नै हो । चाहे कसैले भनोस् नभनोस्, चाहे कोही अघि होस् वा पछि होस्, आफ्नो विवेक र प्रज्ञाले भनेअनुसार आफूलाई व्यवस्थापन गर्ने मानिस नै अनुशासित कहलाउँछ । कोही हुँदा एक थोक गर्ने, कोही नहुँदा अर्को थोक गर्ने त एक प्रकारले चोर हो, छली हो । बालबालिकालाई यसप्रकार आत्मअनुशासनको शिक्षा दिनुपर्ने शिक्षकको अर्को दायित्व हो ।

अनुशासन विद्यार्थीको सबैभन्दा ठूलो गहना हो, शृङ्गारको साधन हो । विद्यार्थी जीवनको मात्रै होइन, मानवजीवनकै दिव्य सूत्र हो । यही अनुशासनको परिपालनले नै हामी मनुष्य हुन पाएका हौँ । अनुशासनबिनाको पढाइ सुगन्धबिनाको फूलजस्तै हुन्छ । अनुशासित विद्यार्थी सबैको प्रिय हुन्छ । सबैले उसप्रति उच्च श्रद्धा र विश्वास प्रकट गर्दछन् । तसर्थ, तिम्रालागि अनुशासन वा आत्मसंयमको ठूलो अर्थ छ भनेर बालबालिकालाई हामीले बारम्बार परामर्श गरी उसलाई अनुशासित जीवनको बाटोमा उत्प्रेरित गर्नुपर्दछ । यो, बालबालिका परामर्शको तेस्रो क्षेत्र हो ।

३. गृहकार्य र अभ्यास

‘विद्यालयमा पढेका कुरालाई जबसम्म तिमीले अभ्यासमा ल्याउँदैनौँ तबसम्म त्यो तिम्रो आफ्नो हुन सक्दैन । सिकेको कुनै पनि कुरा यदि पटकपटक अभ्यास नगर्ने हो भने सिकेको नौ दिनमा नौलो हुन्छ र बीस दिनमा बिर्सन सकिन्छ । तसर्थ, त्यसलाई बारम्बार अभ्यास गरिहनुपर्ने हुन्छ । त्यस्तो अभ्यास भनेकै गृहकार्य हो । विद्यालयमा शिक्षकले पढाएका विभिन्न विषयका सन्दर्भ र पाठहरुलाई घरमा लेखेर वा पढेर गरिने अभ्यासले तरोताजा राख्न मदत गर्दछ । तसर्थ, त्यो गृहकार्य निकै मह¤वपूर्ण हुन्छ’ भनेर हरेक शिक्षकले विद्यार्थीलाई भन्नुपर्ने हुन्छ ।

गृहकार्य भन्नासाथ सबैभन्दा पहिले विद्यार्थीले विद्यालयको कामलाई घरमा गर्नु भनेर बुझ्ने गर्दछन् । त्यो ठीक छ । त्यसबाहेक गृहकार्यका अनेक आयामलाई पनि हामीले सम्झाउनुपर्ने हुन्छ । विद्यालयमा शिक्षकले दिएका विभिन्न विषयका पाठलाई सम्पन्न गर्ने कामसँगै घरमा बाबाआमालाई सघाउने, फूलकरेसामा पानी हाल्ने, सरसफाइमा सघाउने, खाना बनाउनेलगायतका घरका अन्य विभिन्न कामलाई पनि समेट्नुपर्ने हुन्छ । गृहकार्यभित्र घरका अन्य कामकाज पनि पर्दछन् ।

गृहकार्यको संस्कारले बालबालिका बरालिन पाउँदैनन् । उनीहरुले आफूले एकपटक गरेको कामलाई दोहो¥याउने वा तेह¥याउने अवसर प्राप्त गर्दछन् । जब बालबालिकाले गृहकार्य गर्दैनन् वा त्यसमा रूचि दिँदैनन् तब नचाहिने विषयमा तिनको रूचि बढ्न जान्छ । गर्नुपर्ने काम बाँकी रहन्छ । पढाइलेखाइका सबै प्रयास व्यर्थ भएर जान्छन् ।

तसर्थ, असल शिक्षकले गृहकार्यलाई अनिवार्यताभित्र समेटेर त्यसमै आफूलाई अभ्यस्त राख्नुपर्ने हुन्छ भन्ने हिसाबले बालबालिकालाई परामर्श प्रदान गर्ने गर्नुपर्दछ । यसले बालबालिका गृहकार्यप्रति सचेत हुन्छन् । घरका सबै काममा बाबुआमालाई पनि राहत महसुस हुन्छ । यो शिक्षकले परामर्श नगरी नहुने तेस्रो क्षेत्र हो ।

४. समाज र सामाजिकता

शिक्षकले विद्यार्थीलाई सामाजिकताको पनि ज्ञान दिनुपर्दछ । सामाजिक विषयमा पनि कतिपय सन्दर्भ बालबालिकाले आफैँ सिक्दछन्, तर पनि कतिपय सन्दर्भमा अहिलेको समयले पनि बालबालिकालाई असामाजिक बनाउँदै लगेको छ । मोबाइल, ल्यापटप र टेलिभिजनमा एकोहोरो लगावले गर्दा बाहिरी मानिस र बाहिरी जीवनका बारेमा बालबालिका बेखबरजस्तै छन् ।

घरमा आउने मानिससित बोलचाल नहुने, घरकै पनि कति मानिससित चर्को बोल्ने, भनेको नमान्ने, बाहिर छरछिमेकमा के भइरहेको छ भन्ने कुराको कुनै जानकारी नराख्ने, खेतबारीका काममा नसघाउने, मानसिक समस्या बढाउनेलगायतका काममा आज बालबालिकाको अधिकांश समय गुज्रेको देखिन्छ । यो शुभसङ्केत होइन ।

बालबालिका समूहमा काम गरुन्, छरछिमेकीसित संवाद गरुन्, हाँसेर बोलून्, दुःखमा परेकालाई सघाऊन्, बाँडेर खाऊन्, मिलेर बसून्, सामाजिक काममा सहभागी होऊन्, एकलकाँटे स्वभावलाई त्यागून् भन्नेतिर हरेक असल शिक्षकले ध्यान दिएका हुन्छन् ।

कुनै पनि काममा जिम्मेवारी लिन खोज्ने, अघि बढ्न खोज्ने, नेतृत्व गर्न खोज्ने बालबालिकालाई निरन्तर उत्प्रेरित गरिरहनुपर्दछ । यसले गर्दा बालबालिकामा बिस्तारै एकलकाँटे स्वभाव हराउँदै जान्छ र सामाजिक भावनाको उदय हुन्छ । सामाजिक मानिसलाई सबैले रूचाएजस्तै हाम्रा बालबालिकाका पनि सबैका प्रिय हुने अवस्था सिर्जना हुन्छ । यो शिक्षकले परामर्श प्रदान गर्नुपर्ने चौथो विषय हो ।

५. आदर, सम्मान र सुसंस्कार

भर्खरै हामीले सामाजिकताको कुरा गरिरहँदा छुटाएको विषय हो, अरुप्रतिको सत्कार, आदर र सम्मानको संस्कार । बालबालिकालाई आफूभन्दा ठूलालाई आदर गर्ने र सानालाई स्नेह गर्ने संस्कारको विकासका लागि शिक्षकले बारम्बार भनिरहनुपर्ने हुन्छ । घरमा आउने कुनै पनि पाहुना वा आगन्तुकलाई नमस्कार गर्ने, अभिवादन गर्ने र हाँसेर स्वागत गर्नेजस्ता बानी उनीहरुलाई सिकाउनुपर्ने हुन्छ ।
‘सबै मानिस सम्मानका भोका हुन्छन् । जसरी, हामी अरु कसैले हामीलाई अपमान गर्दा मन पराउँदैनौँ त्यसैगरी अरुले पनि हामीलाई मन पराउँदैनन् । जसरी, कसैले हामीलाई मुस्कुराएर नमस्कार गर्दा हामी खुसी हुन्छौँ त्यसैगरी अरु पनि खुसी हुन्छन् । तसर्थ, सबैलाई सम्मान गरेर आफू र अरु दुवै खुसी हुने काम गर्नुपर्दछ । अरुलाई सम्मान गर्न कहिल्यै पछि पर्नुहुँदैन’ भन्ने कुराले बालबालिकालाई सधैँ प्रशिक्षित गरिरहनुपर्दछ ।

‘सम्मान चाहनेले सम्मान दिन पनि जान्नुपर्दछ’ भनेर त्यसै भनिएको होइन । हामीकहाँ त झन् सम्मान र आदरको निकै पुरानो संस्कार छ । ‘अतिथि देवो भवः’ भनेर घरमा आउने पाहुनाप्रति सम्मान गर्ने हाम्रो सनातन संस्कार हो । बालबालिकालाई आदर, सत्कार र सम्मानको दिव्य संस्कारको विकास गराउनु असल शिक्षकको पाँचौँ दायित्व हो । यस्तो प्रकारको परामर्श निरन्तर आवश्यक देखिन्छ ।

६. सहयोगी भावनाको विकास

शिक्षकले बालबालिकालाई सहयोगको संस्कार विकासमा पनि सघाउनुपर्ने हुन्छ । मानिस सामाजिक प्राणी हो । समाजमा एकअर्कालाई सघाउने संस्कार हुन्छ । कसैलाई पनि कुनै प्रकारको सहयोग नगर्ने हो भने घनघोर जङ्गलमा गएर बस्दा हुन्छ । समाज भनेपछि विभिन्न सोच, चिन्तन र शैली भएका मानिसको संरचना हो । कति दुःखी, पीडित मानिस हुन्छन् । तिनका लागि बाँच्छु भन्ने भाव नै सहयोगी भाव हो । कसैलाई उसको नजिकै बसेर सघाउने वा उसका लागि काम गर्ने, योग गर्ने, त्याग गर्ने व्यक्तिलाई सहयोगी भनेर भनिन्छ ।
बालबालिकाले विद्यालयमै सहयोग गर्ने सीप सिक्नुपर्ने हुन्छ । विद्यालयमा पढ्ने कुनै अपाङ्ग, सुस्त साथीहरु छन् भने तिनलाई कुनै न कुनै प्रकारले सघाउने, नजानेको कुरा सिकाएर सघाउनेजस्ता काम तिमीले सधैँ गर्नुपर्दछ भनेर बालबालिकालाई सहयोग र त्यागका लागि पनि उत्प्रेरित गर्नुपर्ने हुन्छ ।

जन्मदिनको दिन वा अन्य कुनै विशेष अवसरका समयमा बालबालिकाले दस, बीस रूपैयाँ जम्मा गरी कुनै अशक्त, वृद्ध वा दीनदुःखीलाई सघाउन सक्दछन् । मेरो जन्मदिनका दिन मैले अलिकति पनि पुण्यका काम गर्न पाएँ भन्ने भाव विद्यार्थीमा जाग्यो भने त्यसले राम्रो सन्देश जान्छ । चाहे भावले होस्, चाहे पैसाले होस्, चाहे शरीरले होस्, कुनै न कुनै प्रकारको सहयोग गर्नु विद्यार्थीको कर्तव्य हो भनेर असल शिक्षकले बालबालिकालाई परामर्श प्रदान गर्ने वा सम्झाउने काम गरिरहनुपर्दछ । यो अर्काे छैटौँ मह¤वपूर्ण क्षेत्र हो ।

७. सरसफाइ, स्वास्थ्य र शुचिता

शिक्षकले बेलाबेलामा सरसफाइ, स्वास्थ्य र शुचिताको सन्दर्भमा पनि बालबालिकालाई सचेत गराइरहनुपर्ने हुन्छ । ‘जस्तो पायो उस्तै खाने कुरा खानुहुँदैन, फोहोर कपडा लाउनुहुँदैन । फोहोरी हुनुहुँदैन । बारम्बार नुहाइरहनुपर्दछ । सिँगान फाल्ने, कपाल काट्ने, नङ काट्ने गरिरहनुपर्दछ । स्मार्ट मान्छे सबैको प्रिय’ हुन्छ भनेर परामर्श प्रदान गर्नुपर्ने हुन्छ ।

‘घरआँगनलाई सधैँ सफा राख्नुपर्दछ, आफूले ओढेको सिरक, ओछ्याएको बिछौना, सिरानी मिलाएर राख्नुपर्दछ । फोहोर जहाँ पायो उहीँ फ्याँक्नुहुँदैन । मानिसको जीवन निकै मह¤वपूर्ण छ । हाम्रो शरीरका प्रत्येक अङ्ग, प्रत्यङ्ग निकै मह¤वपूर्ण र नाजुक छन् । यिनको सुरक्षा गर्नुपर्दछ’—यसप्रकारको परामर्शले बालबालिका बिस्तारै सरसफाइका लागि प्रेरित हुँदै जान्छन् ।
एउटा असल शिक्षकले यो विषयलाई पनि उत्तिकै मह¤वका साथ बालबालिकाका बीचमा चर्चा गर्ने, परामर्श गर्ने वा अभ्यास गर्ने गर्नुपर्दछ । शरीर नभए कुनै पनि कुरा नहुने भएका हुँदा शरीरको हिफाजत गर्ने कुरामा सधैँ एक कदम अघि हुनुपर्दछ भनेर बालबालिकालाई हामीले परामर्श प्रदान गर्नुपर्दछ । असल शिक्षकको परामर्शको यो सातौँ क्षेत्र हो ।

८. समयको परिपालन

समय सबैभन्दा बलवान् हुन्छ भन्ने सत्य विद्यार्थीको मानसपटमा ररिहरहनुपर्ने हुन्छ । कुनै पनि काममा ढिलाइ नगर्ने, समयमै काम सम्पन्न गर्ने, समयको ख्याल गर्ने, यसलाई अक्षरशः परिपालन गर्ने विद्यार्थी कहिल्यै पछि पर्दैन भनेर बालबालिकाले बुझ्नुपर्दछ ।
संसारमा तिनै मानिस महान् भएका छन्, जसले समयको एकएक सेकेन्डलाई उत्तिकै निष्ठाका साथ सदुपयोग गरेका छन् । समयको अखण्ड धारमा एउटा मानिसको जीवनभरिको समयले कति नै अर्थ राख्ला र ! त्यसैले, यति नाजुक र क्षणिक जीवनको समयलाई पनि समयमै सदुपयोग गरिएन भने समयले हामीलाई नराम्रोसित गिज्याउँछ ।

‘समयको नदी अनवरत बगिरहेको हुन्छ । समयरुपी नदीको यो प्रवाहमा जो प्रवाहित हुन सक्दैन, उसलाई समयको प्रवाहले एउटा किनारामा लगेर फ्याँकिदिन्छ । जसले आजको कामलाई भोलिका लागि साँचेर राख्छ, उसका सपना पनि भोलिका लागि साँचिन पुग्दछन्, नराम्ररी भाँचिन पुग्दछन् । कामलाई बासी बनाउनेको जीवन पनि सधैँका लागि बासी भएर जान्छ । तसर्थ, तिमी सधैँ समयप्रति सचेत बन र सबै काम समयमै पूरा गर’—यसप्रकारले बालबालिकालाई समयको सम्मान गर्दै, समयमै सम्मानित हुन उत्प्रेरित गर्नुपर्दछ । यो विद्यार्थी परामर्शको आठौँ तर निकै मह¤वपूर्ण क्षेत्र हो ।
[email protected]

Related Posts

रसमय जीवनको रहस्य (ती दिनहरु)

सिराइचुलीको फेदीदेखि सुनौलो बजारसम्म [स्मृतिबिम्ब]

रसमय जीवनको रहस्य (ती दिनहरु)

रसमय जीवनको रहस्य (ती दिनहरु)

राजनीतिका कुरा र हामी

समस्या र स्वार्थ आआफ्नै

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In