ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कलाकारहरुसँग कला मन्दिरको अन्तक्र्रिया

by केशव भट्टराई
२०७७ फाल्गुन ११, मंगलवार १२:२९ गते
in कला
0
नेकपा ओली समूहको जिल्ला कमिटी सदस्यले लिए शपथ
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नारायणी कला मन्दिरले सोमबार कला मन्दिरमा आबद्ध कलाकारहरुसँग अन्तक्र्रिया गरेको छ । कला मन्दिरमै रहेर लामो समयदेखि काम गर्दै आएका कलाकारभित्र रहेका मनोभावना बुझ्नका लागि पनि वनभोजसहितको अन्तक्र्रिया आयोजना गरिएको कला मन्दिरका अध्यक्ष उद्धव जोशीले जानकारी दिए । कला मन्दिर आफैँमा विभिन्न खालका समस्याबाट गुज्रिरहेको अवस्थामा कलाकारहरुमा कुनै पनि तीतो–अमिलो नहोस् भन्ने उद्देश्यका साथ अन्तक्र्रिया गरिएको उनको भनाइ छ ।

संगीत, नृत्य तथा नाट्य विधामा प्रशिक्षण दिँदै आएको कला मन्दिरबाट कलाकारहरुले भने तीनवटै विधालाई समानरुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । कला मन्दिरमै विगत १५ वर्षदेखि नृत्य विधामा काम गर्दै आएका नृत्य निर्देशक सुमित लामाले कला मन्दिरको पहिचान थप फराकिलो बनाउन राजधानीबाटै निर्देशक ल्याएर प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याए । ‘अहिलेसम्म हामीले यहीँबाट गरिरहेका छौँ, तर अझै पनि कला मन्दिरको गरिमा बढाउन हामीभन्दा अनुभवी नृत्य निर्देशक ल्याएर प्रशिक्षण दिन सके राम्रो हुन्थ्यो’, उनले भने ।

नाटक विधातर्फबाट आफ्नो धारणा राख्दै कलाकार कृपा अधिकारीले कला मन्दिरले सबै विधालाई समान व्यवहार गर्न सुझाव दिइन् । संस्थाले नै नाटक विधामा भन्दा नृत्य विधामा बढी प्राथमिकता दिँदा नाट्य विधा कमजोर बनेको उनको भनाइ छ । ‘नाट्य विधाका लागि काठमाडौँबाट प्रशिक्षक ल्याएर काम गरे पनि कला मन्दिरले प्राथमिकतामा राख्न नसक्दा बीचैमा रोक्नुप¥यो’, उनले भनिन्, ‘कलाकारहरुले गरेको मेहनत खेर जान नदिने हो भने नाटक हेर्न आउने दर्शक एक जनामात्रै भए पनि हामीले देखाउनुपर्छ ।’

कला मन्दिरका संस्थापक रामप्रसाद श्रेष्ठले भने कला मन्दिरको पनि आफ्नै बाध्यताका कारण सबै क्षेत्रलाई समेट्न समस्या परेको बताए । ‘तीनवटै विधालाई समानरुपमा अगाडि बढाउनुपर्छ’, उनले भने, ‘तर अहिलेसम्म नृत्य र नाटकबाहेक अन्य क्षेत्रमा काम गर्नै सकिरहेका छैनौँ, यो हाम्रो कमजोरी हो ।’ कला मन्दिरका पूर्वअध्यक्षहरु संगीत साधक भएर पनि संगीतको क्षेत्रमा खासै काम गर्न नसकेको उनले बताए । आउँदा दिनमा कलाकारहरुका सुझावलाई पनि सम्बोधन हुने गरी काम गर्दै जाने उनको भनाइ छ ।

नयाँ कुर्सी फेर्दै कला मन्दिर

विसं २०१९ सालमा स्थापना भएको कला मन्दिरले ३७ वर्षपछि नयाँ कुर्सी फेर्दैछ । नयाँ कुर्सी राख्नका लागि कला मन्दिरको हल पुनर्निर्माण गरिएको कला मन्दिरका निवर्तमान अध्यक्ष अमरदेव प्रधानले जानकारी दिए । भरतपुर महानगरपालिका, वडा नं–२ को कार्यालय र बागमती प्रदेश सरकारको सहयोगमा विशेष सुविधासहितको नयाँ हल निर्माण गरिएको उनले बताए ।

आउँदो वैशाख १ गते नयाँ वर्षको दिन ‘इन्द्रेणी साँझ’ आयोजना गर्ने गरी नयाँ कुर्सी राख्ने तयारी भइरहेको उनले बताए । यही फागुन महिनाभित्रमा नयाँ कुर्सी राखिसक्ने उनले बताए ।

Related Posts

‘तिमी बिना बाँच्दिनँ म’को भिडियो सार्वजनिक

‘तिमी बिना बाँच्दिन म’को भिडियो सार्वजनिक

‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक

‘अन्तर्मनका सुसेली’ र ‘क्षितिज पारी’ सार्वजनिक

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In