ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनका विद्यालयमा दिवा खाजा : गहुँको हलुवादेखि भुटेको भातसम्म

-किशोर खनाल

by केशव भट्टराई
२०७७ फाल्गुन ११, मंगलवार १२:०४ गते
in प्रमुख समाचार
0
चितवनका विद्यालयमा दिवा खाजा : गहुँको हलुवादेखि भुटेको भातसम्म
23
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चितवनका सामुदायिक विद्यालयहरुमा दिइने दिवा खाजाको तालिका सूची (मेनु) पठाएको छ । चितवनका स्थानीय तहका शिक्षा शाखाहरु तथा शिक्षाका सम्बन्धित कार्यालयहरुमा दिवा खाजाको मेनु विकास केन्द्रले पठाएको हो ।

केन्द्रले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढ्ने ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजा अनावश्यक या जंकफुड नहोस् भन्ने हेतुले मेनु पठाएको हो ।

चितवनका सामुदायिक विद्यालयमा खुवाइने खाजामा गहुँको हलुवादेखि भुटेको भातसम्म रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । प्रत्येक बार फरकफरक खाजा छ । दिवा खाजा मध्यान्तरको समयमा खुवाउन भनिएको छ ।

विकास केन्द्रले चितवनलाई पश्चिम तराई सेट १ अन्तर्गत राखेर दिवा खाजाको मेनु पठाएको छ । केन्द्रका अनुसार चितवनका सामुदायिक विद्यालयले ६ वटा बारमा फरकफरक खाजा खुवाउनुपर्छ । केन्द्रले पठाएको मेनुमा एक बार भुटेको भात खुवाए अर्को बार गहँुको हलुवा, अर्को बार मिक्स गेडागुडी (क्वाँटी) खुवाउनुपर्छ ।

त्यस्तै, एक बार मासुचिउरा, अर्को बार जाउलो खुवाउनुपर्छ । अर्को बार मकै भटमास र तरकारी खुवाउन केन्द्रले निर्देशन गरेको छ । यसबाहेक वैकल्पिक खाजाको तरकारीमा काउली, फर्सीको डुकु, रायो, पालुङ्गो, लट्टे, बेथेको साग, तरूल, पिँडालु, सलादमा मुला, गाजर राखिएको छ । फलफूलमा आँप, लिची, मेवा, केरा राखिएको छ ।

‘केन्द्रले दिवा खाजाको मेनु पठाएको छ, त्यही मेनुको पालना गर्न विद्यालयहरुलाई भन्न थालेका छौँ । केन्द्रले पठाएको मेनु विद्यालयलाई पनि पठाइन्छ’ भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले भने ।

चितवनको दिवा खाजामा खाजा हेरी प्रतिविद्यार्थी प्रत्येक दिन १२ रूपैयाँ ५५ पैसादेखि १६ रूपैयाँ ३८ पैसासम्म लाग्ने उल्लेख छ । यद्यपी एक दिनमा एक विद्यार्थीबराबर १५ रूपैयाँको खाजाको बजेट संघीय सरकारबाट स्कुलमा आउँछ । खाजा बनाउने कर्मचारी स्कुल आफैँले व्यवस्थापन गर्नुपर्छ ।

‘केन्द्रले पठाएको दिवा खाजाको मेनुमा बालबालिकालाई चाहिने पोषण त¤व पुग्दो छ, यहीअनुसार नै खाजाको व्यवस्था विद्यालयले गर्नुपर्छ’ भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्माले भने, ‘मेनुमा जुन खाजा छ, ती खाजाको बालबालिकाले पाउने पोषण त¤व पनि उल्लेख गरिएको छ ।’

संघीय सरकारको सशर्त अनुदानबाट प्राप्त दिवा खाजाका लागि भनेर आएको बजेट पालिकाहरुले विद्यालयहरुको खातामा हाल्ने गरेका छन् । कक्षामा उपस्थित भएको दिनमात्रै विद्यार्थीले खाजा पाउँछन् ।

भरतपुर महानगरमा १२३ सामुदायिक विद्यालयमा बालविकास कक्षादेखि पाँच कक्षासम्म अध्ययनरत बाबुनानी १७ हजार १५९ जना छन् । एक विद्यार्थीलाई १५ रूपैयाँको खाजा खुवाउँदा एक महिनामा औसतमा ६० लाख खर्च हुने भरतपुर महानगर शैक्षिक प्रशासन शाखाले जनाएको छ ।

खाजा पाउने आशले पनि विद्यार्थी कक्षामा नियमित भइरहेका छन् । शनिबारको बिदा र अन्य किसिमका बिदा काट्दा सरदरमा एक विद्यार्थीले औषतमा एक महिनामा २२ दिनसम्म दिवा खाजा खान्छन् ।

 

Related Posts

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

दोस्रो चरणमा ६५ वर्षमाथिकालाई खोप दिइने, चितवनमा ७६ खोप केन्द्र

दोस्रो चरणमा ६५ वर्षमाथिकालाई खोप दिइने, चितवनमा ७६ खोप केन्द्र

विप्लव शान्तिपूर्ण राजनीतिमा सामेल : चितवनमा ३० जनाविरूद्ध मुद्दा दर्ता, ११ जना फरार सूचीमा

विप्लव शान्तिपूर्ण राजनीतिमा सामेल : चितवनमा ३० जनाविरूद्ध मुद्दा दर्ता, ११ जना फरार सूचीमा

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In