ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निशानको म्याग्नाइट गाडीको यस्ता छन् बिशेषता

by गोविन्द अर्याल
२०७७ फाल्गुन ११, मंगलवार ११:२५ गते
in अर्थ
0
निशानको म्याग्नाइट गाडीको यस्ता छन् बिशेषता
121
SHARES
Share on FacebookShare on Twitter

चितवन, ११ फागुन । भरतपुर–१० रिजाल चोकमा रहेको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले निशान म्याग्नाइट बिक्री शुभारम्भ गरेको छ । प्रालिले मंगलबारदेखि सो मोडलको गाडीको बिक्री शुभारम्भ गरेको हो । गाडीको बिक्री शुभारम्भ उद्योग वाणिज्य संघ चिनवनका अध्यक्ष राजु श्रेष्ठले गरेका हुन् ।

जापानीज कम्पनी निशानको म्याग्नाइट मोडलका विभिन्न ११ वटा भेरियन्टमा गाडी उपलब्ध हुने प्रालिका सेल्स कन्सल्टेन्ट हेमन्त गुरुङले बताए । भरतपुरमा सिल्भर ब्ल्याक र सेतो रङमा निशान म्याग्नाइट उपलब्ध भएको भन्दै गुरुङले केही दिनमा आठ वटै रङका गाडी उपलब्ध गराइने जानकारी दिए । म्याग्नाइट मोडलका गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ पर्ने उनले बताए ।

निशान म्याग्नाइटको मुख्यगरी एक्स ई, एक्स एल, एक्स भी र एक्स भी प्रिमियम मोडलका गाडीहरु प्रचनलमा रहेका गुरुङको भनाइ छ । एक हजार सिसी इन्जिन क्षमताको गाडीमा ४० लिटरको पेट्रोल ट्याङ्की रहेको भन्दै गुरुङले टर्बो र नन टर्बोमा म्याग्नाइट गाडी उपलब्ध भएको बताए । नन टर्बोको माइलेज १८.७५ किलोमिटर तथा टर्बोको २० किलोमिटर प्रतिलिटर रहेको छ ।

टर्बो गाडीले पिकअप बढाउनुका साथै सुरक्षित यात्राका लागि समेत भरपर्दो भएको रहेकोछ । गाडीको ग्राउण्ड क्लिरेन्स २०५ मिलीमिटर भएकाले नेपालको बाटोमा यात्राका लागि सहज रहने छ । म्याग्नाइट मोडलका एक्स ई र एक्स एलबाहेकका अन्य गाडीहरुमा एलोए ह्वील र टच स्क्रिनसमेत भएको शाक्यले बताए । ३९९४ मिलीमिटर लम्बाई भएको गाडीको चौडाई १७५८ मिलीमिटर तथा उचाई १५७२ मिलीमिटर रहेको छ ।

एसयूभी गाडीमा ३३६ लिटर क्षमताको डिक्की भएकाले आरामदायी यात्राको लागि समेत म्याग्नाइट गाडी भरपर्दो हुनुका साथै एलईडी बायो प्रोजेक्टर हेडलाइट जडान भएकाले रात्रिकालिन यात्रामा सहज हुनेजनाइएको छ । उक्त गाडीमा ३६० डिग्री का चार वटा स्वचालित क्यामेरा जडान भएका छन् ।

गाडी बिक्री पछिको मर्मत, स्पेयर तथा पार्टस्का लागि समेत शोरुममा सेवा उपलब्ध हुने बताइएको छ । आफ्नै सर्भिस सेन्टर भएकाले म्याग्नाइट तथा हरेक निशान मोडलका गाडी किन्ने ग्राहकका लागि कुनै झण्झट नहुने सञ्चालक शाक्यले बताए । म्याग्नाइट मोडलका गाडी बिक्री शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको बाटो सुहाउँदो गाडी भएकाले गाडीको बिक्री राम्रो हुने बताए ।

Related Posts

उत्पादनले बजार नपाउँदा अल्लो उद्योग सङ्कटमा

उत्पादनले बजार नपाउँदा अल्लो उद्योग सङ्कटमा

जागिरबाट अवकाश लिएपछि कागती खेती

जागिरबाट अवकाश लिएपछि कागती खेती

कुमारी जब प्रालि र केसिएम आइटी कलेजबीच सम्झौता

कुमारी जब प्रालि र केसिएम आइटी कलेजबीच सम्झौता

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
प्रमुख समाचार

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका...

Read more
फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In