शारदानगर । भरतपुर–१७, शारदानगर टाउन निवासी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका सल्लाहकार तथा ज्येष्ठ नागरिक मञ्च चितवनका सदस्य स्व. सुरथप्रसाद श्रेष्ठको नवौँ पुण्यतिथिको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा नं–१७ वडा कमिटीले सोमबार उनकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य काशीनाथ अधिकारी प्रमुख अतिथि रहेको सभामा (नेकपा) केन्द्रीय सदस्य तथा चितवनकी संयोजक पार्वती रावल, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, केन्द्रीय सदस्य हरि सापकोटा, भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेलगायतको उपस्थिति थियो ।
वडा नं–१७ वडा कमिटीका अध्यक्ष गौरश तामाङको सभापतित्वमा सभा सम्पन्न भएको थियो । स्व. सुरथप्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा निधन भएको थियो । श्रेष्ठका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।
Discussion about this post