ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘लुट्नेमात्रै उद्देश्य थियो, चिनेको हुँदा मारेँ’ : लुटेको मोबाइलबाट अभियुक्त फेला

–दिपेन्द्र अधिकारी

by केशव भट्टराई
२०७७ फाल्गुन १०, सोमबार ११:४७ गते
in प्रमुख समाचार
0
‘लुट्नेमात्रै उद्देश्य थियो, चिनेको हुँदा मारेँ’ : लुटेको मोबाइलबाट अभियुक्त फेला
1.7k
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । ७४ वर्षीया वृद्धा बाबुहजुर थापाको घरैनजिक शोभा विक भट्टी पसल सञ्चालन गर्थिन् । वृद्धाका लागि उनी सहयोगी थिइन् ।

किनकि, घरमा एक्लै बस्ने ती ७४ वर्षीया महिलालाई कुनै खाद्य वस्तु वा ग्यासहरु घरमा लैदिन परे शोभा अघि सर्थिन् । आफूलाई सहयोगी भावनाको देखाएर वृद्धाको मन पगाल्दै गएकी उनी असोज ५ गते वृद्धाले थाहा नपाउने गरी घरमा छिरिन् । दिनभरिजसो घरको तल्लो तलामा लुकेर बसिन् ।

साँझपख ती महिला माथिल्लो तलामा गइन् । वृद्धा शौचालय गएकी थिइन् । शौचालयबाट निस्कनेबित्तिकै वृद्धाको अनुहार सलले छोपिदिइन् । तत्कालै उनको टाउको भित्तामा बजारिन् ।

दुवैजनाबीच घम्साघम्सी पनि चल्यो, वृद्धाले आफ्नो मुख छोपिदिने ती शोभालाई चिनिन् । वृद्धाको सुन, गरगहनामात्रै लुटपाट गर्ने उद्देश्यले पुगेकी शोभा वृद्धाले चिनेपछि उनको हत्या गर्न लागिन् । तामाको अम्खरा छेउमै रहेकोमा उनले त्यसैले पटकपटक हानेर वृद्धाको हत्या गरिन् । त्यसपछि सोही वृद्धाको मोबाइल लिएर उनी त्यहाँबाट फरार भइन् ।

असोज ५ गते नै मृत्यु भए पनि परिवारले भने ७ गतेमात्रै थाहा पायो । फोन सम्पर्क हुने, हिँडडुल गर्ने आमा सम्पर्कविहीन भएपछि कान्छो छोरा घर पुगेर हेर्दा च्यानल गेट बाहिरबाट ताला लगाएको अवस्थामा भेटे । ताला फोरेर घरभित्र छिरे । सीधै माथि आमाको कोठामा जाँदा त्यहाँ पनि बाहिरबाट ताला लागेको थियो । त्यो पनि फोरे । कोठा फोरेर हेर्दा भित्र बूढीआमालाई मृत अवस्थामा देखेपछि हल्लाखल्ला भयो ।

प्रारम्भिक बयानका क्रममा शोभाले सबै प्रसङ्ग खुलाउँदै लगेकी छन् । वृद्धा थापाको हत्या घटनामा संलग्नता पुष्टि भएको भन्दै चितवन प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–८ घर भई भरतपुर–९, शरदपुरमा डेरा गरी बस्ने ३५ वर्षकी शोभा विकलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । हत्या घटना गत असोज ७ गतेको हो भने आरोपित महिला फागुन २ गते पक्राउ परेकी हुन् । आरोपितले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रहरीले जन्मकैदको माग गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

मोबाइल कनेक्सन

घटना भएपछि पीडित परिवारले असोज ८ गते चितवन प्रहरीमा बेनामे उजुरी दिए । १३ दिनको काजक्रिया सकिएपछि असोज १९ गते पुनः पुरक जाहेरी जिल्लामा दर्ता गराए । उजुरी दर्ता भयो, तर अनुसन्धान अघि बढेन । मृतककी छोरा नातिविक्रम थापाले आमाको हत्या भएको तर प्रहरीले चासो नदिएपछि पुनः माघ २० गते सिआइबीमा निवेदन दिए । त्यसपछि अनुसन्धानले गति लियो र अपराधीसम्म प्रहरी पुग्न सफल भयो ।

वृद्धा आमाले प्रयोगमा ल्याएको मोबाइल प्रहरीले ट्रयाकिङ गर्दा हेटौँडामा प्रयोग भएको पाइयो । एक पुरूषसँग सोधपुछ गर्दा मोबाइल छोराले दिएको बताए । युनाइटेड कलेज काठमाडौँमा पढ्ने छोरासँग सोध्दा उनले हेटौँडा वीरगन्ज रूटमा चल्ने ड्राइभरसँग किनेको जवाफ दिए । उक्त मोबाइल बेच्ने ड्राइभर पनि पत्ता लाग्यो । उनले मोबाइल आफ्नो भाइले दिएको जवाफ दिए । उनको भाइ तेस्रोलिङ्गी भएको र उनले प्रहरीको अत्यधिक केरकारपछि शोभा भन्ने मान्छेसँग किनेको जवाफ दिए ।

शोभा खोज्दै प्रहरी पोखरा पुग्यो । वृद्धाको हत्यापछि उनी पोखरामा रक्सी पसल चलाएर बसेकी रहिछन् । शोभासँग लामो केरकारपछि उनी पहिले चितवन र शरदपुरआसपास बस्ने गरेको पत्ता लाग्यो । अनि, वृद्धाको छोराले पनि शोभा वेलाबेलामा आमासँग घर आउने गरेको बताए । प्रहरीको अनुसन्धान साँघुरिँदै गयो र अन्त्यमा थाहा भयो घटना शोभा विकले नै गराएकी रैछन् ।

Related Posts

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

दोस्रो चरणमा ६५ वर्षमाथिकालाई खोप दिइने, चितवनमा ७६ खोप केन्द्र

दोस्रो चरणमा ६५ वर्षमाथिकालाई खोप दिइने, चितवनमा ७६ खोप केन्द्र

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
प्रमुख समाचार

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका...

Read more
फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In